Tuesday, 22 May 2012 05:25 pm, Nepal

भन्सार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउनुपर्छ अर्थमन्त्री

मेचीकाली : 2011-11-11 16:40:05

वीरगन्ज, २५ कात्तिक : अर्थमन्त्री वर्षमान पुनले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्कता रहेको बताउनुभएको छ । वीरगन्ज भन्सार कार्यालयमा कार्यरत कर्मचारीलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – भन्सार कर्मचारीहरुले नैतिक मूल्य मान्यता कायम गरी सदाचार पद्धतिलाई उच्च मनोबलका साथ व्यवहारमा उतार्नुपर्दछ ।

पुरा पढ्नुहोस्

धानको उत्पादन बढ्यो

मेचीकाली : 2011-11-09 17:38:35

पर्सा, २३ कात्तिक : उचित मौसमका कारण यसवर्ष पर्सामा धानको उत्पादनमा बढोत्तरी भएको छ ।आउँदोे असार तथा साउनमा रोपिएको अगहनी वा मङ्सिरे धानको उत्पादनमा यसवर्ष बढोत्तरी भएको हो । अनुकूल मौसम भएका कारण यसवर्ष धानको उत्पादनमा बढोत्तरी आएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभएको छ ।

पुरा पढ्नुहोस्

सबै जिल्लामा खरेलजस्ता सुरक्षा अधिकारी जन्माइन्छ–मन्त्री गच्छदार

मेचीकाली : 2011-11-05 19:04:38

पर्सा, १९ कात्तिक : उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले अब देशका ७५ वटै जिल्लामा प्रहरी उपरीक्षक रमेश खरेलजस्ता सुरक्षा अधिकारी जन्माइने बताउनुभएको छ ।  वीरगन्जका उद्योग–व्यवसायीसँग आज यहाँ भएको छलफल कार्यक्रममा उहाँले पर्साका प्रहरी उपरीक्षक रमेश खरेलको खुलेर प्रशंसा गर्दै भन्नुभयो–‘देशको शान्ति–सुरक्षालाई सुदृढ पार्न अब खरेलजस्ता सुरक्षा अधिकारी जन्माइनेछ ।’

पुरा पढ्नुहोस्

मैथिल र भोजपुरी समूदायले भरद्वितीया पर्व मनाउँदै

मेचीकाली : 2011-10-28 07:24:22

वीरगन्ज, ११ कात्तिक : मैथिल र भोजपुरी समाजमा दाजुभाई दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतिकका रुपमा रहेका भ्रातृ द्वितीया अर्थात भरद्वितीया (भाइ पूजा) पर्व शुक्रबार धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ । दीर्घायू तथा सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो, भर द्वितीया ।

पुरा पढ्नुहोस्

एक महिनाभित्र शान्ति–प्रक्रिया टुङ्गिने–अध्यक्ष दाहाल

मेचीकाली : 2011-10-24 19:12:06

वीरगन्ज, ७ कातिक : एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अबको एक महिनाभित्र शान्ति प्रक्रिया टुङ्गिने र संविधानका खाका बाहिर आउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । नेपाल सम्बत् ११३२ नयाँ वर्षको उपलक्ष्यमा एमाओवादी भोजपुरा राज्य कमिटीद्धारा आज स्थानीय घण्टाघरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो— ‘अबको एक महिनाभित्रमा शान्ति–प्रक्रियाको मूलभूतः कार्य सकिन्छ र संविधानको खाका बाहिर आउँछ ।’

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु