Tuesday, 21 May 2013 03:30 pm, Nepal

वैद्य माओवादीसँग चुनावमा एकता हुनसक्ने प्रचण्डको भनाई

मेचीकाली : 2013-05-04 13:01:25

बारा, २१ वैशाख : एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनमा नेकपा माओवादीसँग समेत एकता हुनसक्ने बताउनुभएको छ । एकीकृत माओवादीको बहुमतमा मात्रै जनताले चाहेजस्तो संबिधान बन्ने भन्दै उहाँले चुनावमा जो कोहिसँग पनि सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो । 


पुरा पढ्नुहोस्

बारामा यस वर्ष गहुँ उत्पादनमा कमी

मेचीकाली : 2013-05-02 14:39:48

सिमरा, १९ वैशाख : बारामा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । गत वर्ष  २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेतीबाट झण्डै ९० हजार  मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर यस वर्ष  भने झण्डै ८८ हजार मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको छ ।


पुरा पढ्नुहोस्

यस वर्ष पनि मकैमा दाना लागेन

मेचीकाली : 2013-04-02 17:20:29

कलैया, २० चैत : बारा जिल्लामा यस वर्ष पनि मकैको घोगामा दाना नलागेको कृषि विकास कार्यालय बाराबाट थाहाभएको छ । बाराको डुमरबाना, निजगढ र रतनपुर गाविसका कृषकले हाइब्रिड जात १० भी१० जातको मकै खेती गरेकोमा घोगामा दाना नलागेकोले कृषक चिन्तित भएका छन् ।


पुरा पढ्नुहोस्

नेपाली सेनाको पूर्व कर्नेलकै घरबाट झन्डै ५० लाखको रक्तचन्दन बरामद

मेचीकाली : 2013-03-02 08:41:54

बारा, १९ फागुन : नेपाली सेनाको पूर्व कर्नेलकै घरबाट झन्डै ५० लाखको रक्तचन्दन बरामद गरिएको छ । प्रहरीले बाराको गोलागंज गाविसबाट गएराति ५० लाख भन्दा बढी मुल्य बराबरको रक्तचन्दन बरामद गरेको छ । विशेष सुचनाको आधारमा गएराति पौने ९ बजेतिर गएको प्रहरीले नेपाली सेनाको पूर्व कर्नेल प्रेम चन्द्र कुशवाहाको घरबाट तीन सय ५० किलो रक्तचन्दन बरामद गरेको हो । 


पुरा पढ्नुहोस्

दुरुपयोगको नमुना एकसय ८० केजी गाजासहित चालक र एम्बुलेन्स नियन्त्रणमा

मेचीकाली : 2013-02-28 13:54:13

बारा, १७ फागुन : लागु औषधको कारोबारमा संलग्न हरुले एम्बुलेन्स सेवाको दुरुपयोग गर्ने गरेको रहस्य खुलेको छ । बाराको सिमरा प्रहरीले गएराती  अमलेखगन्जबाट एउटा एम्बुलेन्ससहित १८० केजी गाजा बरामद गरेपछि यो रहस्य सार्वजनिक भएको हो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु