Tuesday, 22 May 2012 05:26 pm, Nepal

गोली प्रहारबाट एक जना गम्भीर घाइते

मेचीकाली : 2012-04-10 15:48:26

बारा, २८ चैत : बाराको लिपनीमालमा मंगलवार  अज्ञात समुहले गोली प्रहार गरी एक युवकलाइ गम्भीर घाइते बनाएको छ । गोली प्रहारबाट बीरगन्ज २ छपकैयाका ३० वर्षिय चुन्नु आलम भन्ने नूर आलम गम्भीर घाइते हुनुभएको हो । आलमको पेट र पाखुरामा गोली लागेको छ ।

पुरा पढ्नुहोस्

आफुलाई बन्धक नबनाएको मारिचीको भनाइ

मेचीकाली : 2012-03-27 12:41:23

बारा, १४ चेत : स्लोभाकियाकी नागरिक मारिचीले आफुलाई बन्धक नबनाएको बताउनु भएको छ । बाराको रतनपुरी गाविसको हल्खोरिया जंगलमा आफु पुजा मात्रै गर्न गएको उहाँको भनाइ छ ।  तपस्वी राम बहादुर बम्जनको पुजा दर्शन गर्न त्यहाँ पुगेको र आफुलाई कसैले अपहरण नगरेको मारिचीले प्रहरीलाई दिएको बयानमा बताएको बाराका प्रहरी उपरिक्षक दानसिह बोहोराले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

बम्जनका समर्थकाद्वारा बन्धक बनाइएकी बिदेशी महिला मुक्त, अर्का एकको अवस्था अज्ञात

मेचीकाली : 2012-03-26 11:48:42

बारा, १३ चैत : तपस्यारत भनिएका रामबहादुर बम्जनको आदेशमा बन्धक बनाइएकी स्लोभाकियाकी मिरिची मुक्त भएकी छन् । मिरिचीलाई हिजो साझ बम्जनको संरक्षण गर्दै बोधी श्रवण धर्म संघका दर्शन लिम्बुले सिमरामा ल्याएर छोडेको बताइएको छ ।

पुरा पढ्नुहोस्

बम्जनको आदेशमा एक विदेशीसहित दुई महिला ३ महिनादेखी बन्धक

मेचीकाली : 2012-03-25 19:30:44

बारा, १२ चैत : रामबहादुर बम्जनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म संघले दुई महिलालाई तिन महिनादेखी बन्धक बनाएर राखेको पाइएको छ । बम्जनको तपस्या भंग गर्न खोजेको भन्दै संघले स्लोभाकियाकी अन्दाजी ३५ बर्षकी मारिचि र सिन्धुपाल्चोक घर भएकी माता (आनी) नामकी महिलालाई बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

दुई छोराछोरीको हत्यापछि आमाद्धारा झण्डिएर आत्महत्या

मेचीकाली : 2012-03-19 10:12:37

बारा, ६ चैत : गरिबीका कारण बारामा एक महिलाले दुई छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेकी छन् । बाराको अमाव गाउँ बिकास समिति वडा नम्बर ४ का मुक्ति चौधरीकी श्रीमती रमिताकुमारीले गएराति आफ्ना साढे दुई वर्षिय छोरा कुन्दन र ९ महिनाकी छोरी सुगन्धाको हत्या गरेर आफूले रसमेत आत्महत्या गरेकी प्रहरीले जनाएको छ । ज्याला मजदुरी गर्न श्रीमान बाहिर गएको बेला रमिताले छोराछोरीको घाँटी थिची हत्या गरेर घरमै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु