
गौर, ७ कात्तिक : प्रधानमन्त्री माधवकुमार नेपालले विशेष समिति मातहतमा आएका माओवादी जनसेना सरकारलाईजानकारी नगराई देश बाहिर गएकोले उनीहरुविरुद्ध कारवाही अघि बढाइनेजानकारी दिएका छन् । आइतबार बिहान गृह जिल्ला रौतहट जानुअघि सीमराविमानस्थलमा पत्रकारसँग कुराकानी गदैँ प्रधानमन्त्री नेपालले विशेष समितिलाईजानकारी नगराई चीन भ्रमणमा गएका जनसेनाका कमाण्डरलाई कारबाही गर्नेचेतावनी दिए ।
वीरगञ्ज, २६ असोज : दशैँको उल्लास प्रारम्भसँगै मध्य तराईका बारा र पर्साका ग्रामीण क्षेत्रमा झिझिया नृत्यको रौनक बढेको छ । बारा र पर्साका ग्रमीण भेकमा प्वाल पारिएका माटाका रङ्गीन घैला शिरमा सजाएका नृत्यरत महिलाको झुण्ड जताततै देख्न पाइन्छ । दसैंमा बोक्साबोक्सीको उपद्रोबाट परिवार र आफ्नो गाउँलाई जोगाउने मान्यताअनुरुप महिलाहरु यो नृत्यमा रम्ने गरेका हुन् । शिरमा रहेको प्वालयुक्त घैलामाथि ढकनीमा गुइँठा सल्काएर नाच्ने गरिन्छ । गीत, सङ्गीत र तन्त्रमन्त्रको सम्मिश्रण भनिने यो नाच ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय छ ।
बारा, ११ असोज : नेपाली काँग्रेससँग आबद्ध मजदुर ट्रेड युनियन बाराका अध्यक्ष पुलिस यादवले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । सुत्ने कोठाको सिलिङमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । बाराको लिपनमालस्थित आफ्नै घरमा एक्लै सुतेका यादव बिहानसम्म नउठेपछि उनी मृत अवस्थामा फेला परेको हो ।
वीरगञ्ज, २३ साउन
अज्ञात समूहले शनिबार राती बारामा प्रहरी जवानको
हत्या गरेको छ। इलाका प्रहरी कार्यलय निजगढमा सवारी चालकको रुपमा कार्यरत
जवान राजनारायण चौधरीको हत्या भएको प्रहरी उपरिक्षक मनोज न्यौपानेले बताए।
डेराबाट अफिस आउदै गरेका चौधरीमाथि निजगढको सहिद चोक नजिक रातको १२ बजेतिर
आक्रमण भएको थियो।
सिमरा, ११ साउन
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभा विघटन गरेर ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन्। सिमरा एयरपोर्टमा मंगलबार विहान स्थानिय संचारकर्मीसंग कुरा गर्दे थापाले यो संसदको औचित्य नभएको बताए। 'हुँदा-हुँदा यो संसद सरकार दिन पनि असक्षम भएको छ ', उनले भने, 'यसलाई विघटन गरेर ताजा जनादेशमा जानु बाहेकको अरु विकल्प छैन।'