रौतहट, ८ वैशाख : आमाले गरेको अपराधका कारण रौतहटका एक नावालक आमासँगै कारागारमा बस्न वाध्य भएका छन् । रौतहट जिल्लाको चन्द्रनिगाहपुर गाविस वडा नं ३ गैडाटारकी राजकुमारीदेवी धामी मानव वेचविखन मुद्धामा वैशाख ५ गते पुर्पक्षको लागि थुनामा परेपछि उनका छोरा ७ वर्षीय कलुवा धामी पनि कारागारमा बस्न बाध्य भएका हुन ।
रौतहट, ६ वैशाख : रौतहट जिल्लाको कटहरिया गाविसका ६ घरमा आगलागी भएको छ । गाविसको वडा नम्बर ३ टोलापुर गाँउका ओसिर मियाँको घरबाट सुरु भएको आगोले स्थानीय ६ घर जलेको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।आगलागी पीडितहरुलाईे स्थानीय विद्यालयमा राख्ने व्यावस्था मिलाएको छ ।
रौतहट, ५ वैशाख : रौतहट जिल्लाको भसेडवा गाबिसमा आगलागि हुँदा दुईवटा घर जल्नुका साथै पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सो गाबिस वडा नम्बर ३ का स्थानीय बासिन्दा हेमा महतो कोईरी र ईनरदेब महतो कोईरीको घरमा लागो लागेको थियो ।
रौतहट, ३ वैशाख : माओवादी जनयुद्धका बेला कर्मचारी हटाएका कारण ती छोटी भन्सार कार्यालय रहेका भवनहरु समेत जिर्ण बन्दै गएका छन् । भारतको बिहार राज्यसंग सिमा जोडिएको रौतहटको बंकुल बजारमा रहेको छोटी भन्सार कार्यालय संचालनमा आउन नसक्दा सरकारको लाखांै राजश्व गुमेको छ ।
रौतहट, ३० चैत : रौतहटको राष्ट्रिय वनमा रहेका दुर्लभ बँदेल तथा हरिणहरु लोप हँुदै गइरहेका छन् । राष्ट्रिय वनमा हरेक दिन सिकारीहरु सिकार खेल्न जाने र बदेलहरु मार्ने गरेबाट बँदेल तथा हरिण लोप हुँदै गएको हो ।