रौतहट, १९ मंसिर : रौतहट जिल्लाको ब्रम्हपुरी गाविसमा बिहेमा साइकल दाइजो नदिएको भन्दै एक महिलाको हत्या भएको छ । ब्रम्हपुरी-९ की १८ बर्षीया ममतादेवी दासको घाँटी थिचेर परिवारका सदस्यले रातको समयमा हत्या गरि फरार भएको उनका बाबु जिवछ दासले बताएका छन् । घटनापछि मृतकका पति महेन्द्र दास, ससुरा मन्चित दास र सासु शिबकुमारी दास फरार रहेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । हत्या हो वा होइन घटनामा परिवारका सदस्यको सलग्नता छ छैन भन्नेबारे पोष्टमार्टम प्रतिबेदन आएपछि थाहा हुने प्रहरीको भनाई छ ।
कुटाईबाट एक नेपाली गम्भीर घाइतेरौतहट, १३ मसिर : भारतीय एसएसबीका जवानहरुको कुटपिटबाट आइतबार गम्भीर घाइते भएका एक नेपाली नागरिकको गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्ज लगिएको छ । रौतहटको बन्जरहा गाविस वडा नं. ७ घर भएका मदनप्रसाद चन्द्रवंशीले दुई देशको सीमामा जोडिएको खेतमा गहुँको बीउ छर्न गइरहेको अवस्थामा गुवाबारी हीरापुर क्याम्पका एसएसबीका जवानहरुले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए । क्याम्पका दुई जना एसएसबीका जवानले नियन्त्रणमा लिई कुटपिट गर्दा चन्द्रवंशीको देबे्र घुँडा समेत भाँचिएको छ र शरीरभरि निलडाम छ ।
रौतहट, १० मंसिर : सशस्त्र प्रहरीको गस्ती टोलीले संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका दुई कार्यकर्तालाई शुक्रबार बिहान स्थानिय मेलाबाट हतियारसहित पक्राउ गरेको छ । मोर्चाका जिल्ला सदस्य स्थानिय जुडिबेला गाविस-६ घर भएका सकलदेव पासवान र सन्तपुर गाबिस-७ बेतौना गाउँका राजकिशोर चौधरीलाई दुई थान कटुवा पेस्तोल र तीन थान गोलीसहित सन्तपुर मेलाबाट बिहान पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैको बारेमा आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
रौतहट, १२ कात्तिक : जादुटुना लगाएर एक बालिकालाई मारेको भन्दै रौतहटको शीतलपुर गाविस–१ मा बुधबार साँझ ५० वर्षीया सुखनीदेवीलाई छिमेकीले कुटपिट गरी घाइते बनाएका छन् । गौरीलाल यादवकी पाँच वर्षीया छोरीको केही दिनअघि मृत्यु भएको थियो । मृतक बालिकालाई जादुटुना लगाएर मारेको भन्दै छिमेकी गौरीलाल यादव, दीपनारायाण यादवले आफूलाई निर्घात कुटपिट, दुव्र्यवहार गरेको पीडित महिलाले बताइन् । कुटपिटका कारण घाइते भएकी सुखनीदेवीलाई उपचारको लागि रौतहटको गौर अस्पतालमा ल्याइएको छ । पीडित महिलाको शरीरमा निलडाम छन् भने उनी हिँडडुल गर्न नसक्ने भएकी छिन् ।
गौर, १८ असोज : भूमिगत समूह र प्रहरीबीच भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको छ । आईतबार राति जिल्लाको वन्जरहा गाविसमा भएको भिडन्तमा भूमिगत समूहका कार्यकर्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आईतबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिगएको गस्ती टोललाई लक्षित गदैँ उक्त समूहले गोली प्रहार गरेपछि प्रहरीले गरेको फायरिङमा भूमिगत कार्यकर्ताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले बताए ।