मनाङ, ८ पुस : हिमालपारिको जिल्ला मनाङको बगरछाप गाविसको जङ्गलमा १० दिनदेखि लागेको भीषण आगलागी अझै नियन्त्रणमा ल्याउन सकिएको छैन । बगरछाप गाविसको वडा नं. ५ स्थित क्युयार जङ्गलमा मङ्सिर २७ गतेदेखि लागेको आगो नियन्त्रण गर्न अहिलेसम्म गरिएका सबै प्रयास विफल भएको जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएको छ ।
मनाङ, २ पुस : हिमालपारिको जिल्ला मनाङको बगरछाप गाविसको जङ्गलमा पाँच दिन अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बगरछाप गाविस–५ स्थित क्युयार जङ्गलमा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझैपनि निभाउन नसकिंदा आगो फैलँदै गएको छ । आगलागीका कारण सयौं हेक्टर जङ्गलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ ।
मनाङ, २९ मंसिर : हिमालपारिको जिल्ला मनाङको बगरछाप गाविसको जङ्गलमा भीषण आगलागी भएको छ । बगरछाप गाविसको वडा नं. ५ स्थित क्युयार जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगोलागी बुधबार रातिसम्म पनि निभाउन नसकिएको जिल्ला प्ररही कार्यालय मनाङले जानकारी दिएको छ ।
मनाङ, २९ कात्तिक : २०६६ सालमा गोरखाबाट मनाङमा यार्चागुम्बा टिप्न गएकाहरुको हत्याका संलग्न रहेका मनाङको नार गाविसका १९ जनालाई कैदको सजाय सुनाइएको छ । जिल्ला न्यायाधिस काशिनाथ पोखरेलको एकल इजलासले घटनामा संलग्न रहेका ४० मध्ये एक नाबालकलाई पूर्ण सफाई, २० जनालाई सफाई , १३ जनालाई २ वर्ष कैद र ६ जनालाई २० बर्षको कैदको सजाय सुनाएको हो ।
मनाङ, २४ कात्तिक : पटकपटक स्थगित हुँदै आएको मनाङको चर्चित नार हत्याकाण्ड मुद्दाको सुनुवाइ बुधबारबाट सुरु भएको छ । न्यायाधीश, सरकारी वकिल र प्रतिवादी वकिलको तालमेल नमिल्दा यसअघि छ पटकसम्म सुनुवाइ हुन नसकेको यो मुद्दाको बुधबार मिसिलको अध्ययन कार्य थालिएको छ । बिहीबारदेखि मुद्दाको बहस पैरवी हुने जिल्ला अदालत मनाङका श्रेस्तेदार शम्भु बरालले जानकारी दिनुभयो ।