Tuesday, 22 May 2012 05:28 pm, Nepal

मनाङमा फेरि हिमपात

मेचीकाली : 2010-11-24 14:13:20

-जनजीवन कष्टकर

मनाङ, ८ मंसिर : हिमालपारिको जिल्ला मनाङमा फेरि हिमपात सुरु भएको छ । माथिल्लो मनाङको टङ्की मनाङ, खाङ्सार, भ्राका, ङावल तथा नार र फू गाविसमा हिजो रातिदेखि हिमपात भएको हो । केही स्थानका ग्रामीण क्षेत्रहरुमा हिउँ बाक्लोरुपमा जमेको छ । हिमपातका कारण माथिल्लो मनाङका बसिन्दाको जनजीवन कष्टकर बनेको छ । विद्यालयमा विद्यार्थी जान नसकेका कारण उनीहरुको पढाइसमेत प्रभावित बनेको अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक ध्रुव पङ्गेनीले जानकारी दिए । हिमपातले तल्लो मनाङमा पनि चिसो निकै बढेको छ ।

पुरा पढ्नुहोस्

मनाङमा सामुदायिक अस्पताल बन्ने

मेचीकाली : 2010-10-20 10:08:23

मनाङ, ३ कात्तिक :  मनाङ जिल्लामा पहिलोपटक सामुदायिक अस्पताल निर्माण हुने भएको छ । मनाङीमध्ये पहिलोपटक चिकित्सा विज्ञानमा विद्यावारिधि गरेका डा देवी गुरुङको पहलमा मनाङको पुरानो सदरमुकाम थोचे गाउँमा १० शैयाको अस्पताल निर्माण हुन लागेको हो । अस्पताल निर्माण तयारीका लागि अमेरिकी चिकित्सक टोलीसहित हालै गाउँ पुगेका गुरुङलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए । अमेरिकाको नोभा साउथस्र्टन विश्वविद्यालयबाट स्वास्थ्य विज्ञानमा विद्यावारिधि गरेका गुरुङ पहिलोपटक जन्मथलो पुगेका हुन् ।

पुरा पढ्नुहोस्

मनाङमा विद्युत् र टेलिफोन अवरुद्ध

मेचीकाली : 2010-10-12 14:59:18

मनाङ, २६ असोज : मनाङको सदरमुकाम चामेमा २१ दिनदेखि विद्युत् र टेलिफोन सेवा अवरुद्ध बनेपछि स्थानीयवासीका साथै अन्नपूर्ण पदमार्गमा आएका पर्यटक समस्यामा परेका छन् । ४५ किलोवाट क्षमताको स्यालक्यू छहरा साना जलविद्युत् आयोजनामा समस्या आएपछि सदरमुकाम चामेमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध बन्दै आएको छ । विद्युत्गृहको टर्वाइनमा समस्या आएकाले विद्युत् आपूर्ति बन्द भएको चामेबाट शम्भु भट्टराईले जानकारी दिए । विद्युत् अवरुद्ध बनेपछि मनाङ चामेमा तारफोन र मोबाइल सेवा पनि अवरुद्ध बनेको छ ।

पुरा पढ्नुहोस्

धम्की दिई चन्दा असुल्ने पाँच युवा प्रहरी खोरमा

मेचीकाली : 2010-09-20 09:54:44

पोखरा, ४ असोज : पोखराको विरौटामा विभिन्न व्यक्तिलाई टेलिफोन र एसएमएसमार्फत धम्की दिई चन्दा असुल्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले विरौटा एरियाबाट गुण्डागर्दी गर्दै ठेक्कापट्टामा पैसा असुल्ने  पोखरा–७  बस्ने २८ वर्षीय शङ्कर गुरुङ, पोखरा–११ बस्ने २१ वर्षीय हसन गुरुङ, पोखरा–१८ बस्ने २५ वर्षीय नरेन गुरुङ, पोखरा–१७ बस्ने २३ वर्षीय विशाल थापा र पोखरा–१७ बस्ने २१ वर्षीय सोम विकलाई पक्राउ गदैँ सार्वजनिक अपराध गरेको अभियोगमा कारबाही सुरु गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु