पोखरा, १० जेठ : यार्सा गुम्बासहित एक जना कास्कीमा एक जना पक्राउ परेका छन् ।कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. ९ सिदिङ्ग बस्ने वर्ष ३२ का टेक बहादुर तामाङ्गलाई लुकाई छिपाई ल्याएको अवस्थामा ९ सय ग्राम यार्सागुम्वासहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा, १ जेठ : पेशागत हक हितको माग राख्दै हड्तालमा उत्रिएका छापाखाना मजदूर र मुद्रण व्यवसायीबीच सहमति भएपछि पोखराका १० दैनिक र करिव आधा दर्जन साप्ताहिक प्रत्रिकाको प्रकाशन सुचारु भएको छ । मजदुर र व्यवसायीबीच गएराती श्रम ऐन २०४८ अनुसार स्थायी नियुक्तीपत्र सहितका सेवा सुविधा दिने लगायत १४ बुँदे सहमति भएको हो ।
पोखरा, २९ वैशाख : एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरको पहिलो हप्ता सम्ममा संविधानसभाको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नु भएको छ । क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समितिले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा प्रचण्डले उच्चस्तरीय राजनीतिक समिति र अन्तरिम चुनावी मन्त्रिपरिषद् कात्तिक अन्तिम साता या मंसिरको पहिलो सातासम्ममा निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
पोखरा, २९ वैशाख : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पोखरामा स्थानीय नेता कार्यकर्ता र पोखराका पत्रकारहरु लाई भेट्नुहुने भएको छ । आज दिउँसो १ बजेदेखि २ बजेसम्म जिल्ला स्तरीय नेता कार्यकता लाई भेट्ने र दिउसो साँढे २ बजेपछि पत्रकारहरुलाई भेट्ने कार्यक्रम रहेको एमाओवादी कास्कीले जनाएको छ ।
कास्की, २८ वैशाख : एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको दस्तावेजलाई अध्ययन गरेर पूर्णता दिन पोखरा पुग्नुभएको छ । माओवादीले हेटौडा महाधिवेशनबाट पारित गरेको दास्तावेजलाई अन्तिम रुप दिन प्रचण्ड पोखरा पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।