पोखरा, ८ जेठ : आदीबासी जनजाती महासंघ संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दको क्रममा प्रहरी र आन्दोलनकारी बीचको झड्प तनावग्रस्त बनेको छ । पोखराको पृथ्वीचोक र जिरो किमी क्षेत्रमा भएको झड्पका क्रममा दुई पत्रकार र सर्वसाधारण घाईते भएका छन् ।
कास्की, ४ जेठ : सेती नदीमा बैशाख २३ गते आएको बाढी जमिनको सतहले धान्नै नसक्ने गरी थुप्रिएको हिउँका कारण आएको त्यहाँ पुगेर फर्केको अध्ययन टोलीले जनाएको छ । भिरालो जमिनमा माथिबाट हिउँ खस्दै जाँदा ठूलो रुप लिएको अध्ययन टोलीले बताएको हो ।
पोखरा, २९ वैशाख : सेती नदीमा आएको बाढीले बाबु आमा गुमाएपछि पाँच बालबालीका अविभावकविहिन भएका छन् । लेखनाथ १३ का ३७ वर्षका दले पुन र उहाँकी श्रीमती ३४ वर्षीया तिलसरा पुन तातोपानी नुहाउन गएको बेलामा बाढीमा परी मृत्यु भए पछि उनिहरुका छोरा छोरी बेसाहारा बनेका हुन् ।
पोखरा–पोखराको पर्यटन पवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले हेलिकप्टरबाट पोखरामा साइडसिन तथा हेलिटुर सञ्चालन गरिने भएको छ । त्रिपल ‘ए’ ट्राभल्स पोखरा र मुक्तिनाथ एयरलाइन्सको सहकार्यमा पोखरा साइडसिन तथा हेलिटुरको व्यवस्था मिलाइएको हो । तीन सिट क्षमता रहेको मुक्तिनाथ एयरलाइन्सको हेलिकप्टरबाट सबैजनाले राम्रोसँग दृश्य अवलोकन गर्न सकिने बताइएको छ ।
पोखरा, २६ वैशाख : कास्की जिल्लाको माछापुच्छे« गाविसमा २३ गते आएको बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । हिमपहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्यका क्रममा आज तीन जनाको शव फेला परेको परेपछि मृतकको सङख्या २५ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बाढीमा परि ४१ जना हराइरहेका छन् भने वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ । नेपाल आर्मी,