Wednesday, 23 May 2012 06:23 am, Nepal

नेत्रहीन सङ्घको अध्यक्षमा नरबहादुर

मेचीकाली : 2010-11-29 07:48:58

 नौबुँदे पोखरा घोषणापत्र जारी

पोखरा, १३ मंसिर : पोखरामा  सम्पन्न नेपाल नेत्रहीन सङ्घको आठौँ केन्द्रीय अधिवेशनले आगामी तीन वर्षका लागि नरबहादुर लिम्बुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको महासचिवमा रमेश पोख्रेल, कोषाध्यक्षमा सुरेशचन्द्र न्यौपाने र सचिवमा दीपक माझी निर्वाचित भएका छन् ।कुनै पनि उम्मेदवारी नपरेको समितिको उपाध्यक्षमा भने पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ ।    

पुरा पढ्नुहोस्

'माओवादी समाप्त हुने बटोमा'

मेचीकाली : 2010-11-23 14:39:53

पोखरा, ७ मंसिर : सूचना तथा सन्चारमन्त्री शङ्कर पोखरेलले माओवादीले आफूलाई रुपान्तरण गर्न नसके समाप्त हुने चेतावनी दिएका छन् । अतिवादको बाटोलाई माओवादीले तत्काल त्याग्न नसके समाप्त हुनेभन्दै मन्त्री पोखरेलले रुपन्तरित भएर समाजमा स्थापित हुने वा अतिवादतर्फ उन्मुख भएर समाप्तिको बाटो रोज्ने  त्यो माओवादीमा निर्भर रहेको बताए । प्रेस चौतारी कास्कीले मङ्गलबार पोखरामा आयोजना गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले माओवादीलाई अतिवादको बाटो छाडेर रुपान्तरित हुन आग्रह गरे ।

पुरा पढ्नुहोस्

प्याराग्लाइडिङ दुर्घटनामा पर्यटकको मृत्यु

मेचीकाली : 2010-11-16 16:02:19

पोखरा,  ३० कात्तिक : प्याराग्लाइडिङ दुर्घटनामा मङ्गलबार पोखरामा एक विदेशी पर्यटकको मृत्यु भएको छ। सराङकोटबाट एक्लै प्याराग्लाइडिङ गरेका एक मलेसियन पर्यटकको पँधेरी खोर भन्ने ठाउँ नजिक खसेर मृत्यु भएको हो। आकाशमा उडिरहेका बेला प्याराग्लाइडिङ खुम्चिएर बन्द हुँदा असन्तुलित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरीका डिएसपी प्रेम मल्लका अनुसार ती पर्यटकको सनाखत हुन सकेको छैन ।

पुरा पढ्नुहोस्

मणिपाल अस्पताल तनावग्रस्त

मेचीकाली : 2010-11-14 17:36:20

कास्की,  २८ कात्तिक : उपचारका क्रममा लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल शिक्षण अस्पताल आज तनावग्रस्त बनेको छ । पेट दुखेर उपचारका लागि मणिपाल अस्पताल पुगेका पोखरा–१६ बाटुलेचौरका ४८ वर्षीय पेचबहादुर कुँवरको आज मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका थिए । उनीहरूले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।

पुरा पढ्नुहोस्

बजेटप्रति कांग्रेसको समर्थन

मेचीकाली : 2010-11-13 12:51:04

Sushil koiralaपोखरा, २७ कात्तिक : नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली काँग्रेसले बजेट ल्याउन सरकारलाई पूर्ण सहयोग गर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति कोइरालाले बजेट नहुँदा विकास निर्माणका काम ठप्प भइरहेको छ भन्दै यस्तो स्थिति हेर्न कांग्रेसले नचाहेको बताए । शान्ति प्रक्रियाको टुङ्गो र संविधान लेखनको प्रत्याभूति भएपछि मात्रै सत्ता साझेदारीको विषयमा प्रवेश गर्नुपर्नेमा जोड दिँदै उनले तर माओवादीले मुलभूत विषयलाई ओझेलमा पारेर आफ्नै नेतृत्वमा सरकार हुनुपर्ने ढिपी गरिरहेको बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु