कास्की–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा यही माघ४–१० गतेसम्म पोखरा रङ्गशालामा बृहत् पश्चिमाञ्चल क्षेत्रीय अन्तर जिल्लास्तरीय खेलकुद महोत्सव सुरु हुँदैछ । महोत्सवमा पश्चिमाञ्चलका १६ जिल्लाका दुई हजार ९८ जना खेलाडीले विभिन्न ३० वटा खेलमा प्रतिस्पर्धा गर्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा ३९४ जना कर्मचारी, १०० स्वयम्सेवक र ५०० खेलाडी सहभागी हुने पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले बताउनुभयो ।
पोखरा, २८ पुस : नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादीमा रहेको घमन्डलाई तोड्नकै लागि भएपनि जनमत सङग्रहमा जानुपर्ने बताउनु भएको छ । बिहीबार बिहान पोखरामा भएको पत्रकार सम्मेलनमा उहाँले हतियार विनाको माओवादीलाई आफुले जे भन्यो त्यो नेपाली नागरिकले मान्छन् भन्ने भ्रम त्याग्न पनि आग्रह गर्नुभयो ।
पोखरा, २६ पुस : पोखरामा हिजोदेखि सुरु भएको तीन दिने पाँचौ राष्ट्रिय प्राङगारिक कृषि प्रदर्शनी मेलामा किसानदेखि उपभोक्ता सबैले चासोका साथ सहभागिता जनाइरहेका छन् । प्राङ्गारिक कृषि उपज र प्रविधिको १ सय १२ वटा स्टल प्रर्दशनी छन् । इलामको चिया,हुम्लाको च्याउ देखि कास्कीका सुन्तला र स्याङजाको तरुल प्रदर्शनमा राखिएको छ ।
पोखरा, १६ पुस : सम्मानजनक पुनःस्थापनालगायतका माग राखेर बहिर्गमनमा परेका माओवादी लडाकुले आज पश्चिमाञ्चल बन्द गराएका छन् । बन्दका कारण कास्की, रुपन्देही, पाल्पा, गुल्मी, प्युठान, स्याङजालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । त्यस क्षेत्रमा यातायातका साधन चलेनन् भने उद्योगधन्दा र कलकारखाना ठप्प छन् ।
पोखरा, १६ पुस : महिलाहरूलाई सीपमूलक व्यावसायिक काममार्फत आर्थिक हैसियत अभिवृद्धि गर्न मुक्तिनाथ विकास बैंकद्वारा सञ्चालित लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । व्यापार, व्यवसाय, पशुपालनलगायत आयआर्जनका काममा ऋण परिचालन गरी ग्रामीण र पिछडिएका क्षेत्रमा रहेका महिलाहरूको जीवनस्तर उकास्न सो बैंकले लघुवित्त कार्यक्रममार्फत ऋण सुविधा प्रदान गर्दै आएको छ ।