लमजुङ, १६ असोज : एकीकृत नेकपा (माओवादी) का कार्यालय सचिव देवेन्द्र पौडेल गत बिहीबारदेखि बेपत्ता भएका छन् । कामको सिलसिलामा तनहूँको डुम्रेका लागि हिँडेका पौडेल आजसम्म घर नफर्केपछि उनको खोजीका लागि पार्टीले जिल्ला प्रहरी कार्यालयमा आज निवेदन दिएको छ । यसैबीच, मनाङको भ्राका गाउँ विकास समितिको प्राविधिक सहायक गणेश भन्ने लेखमान कतिला विगत दुई दिनदेखि बेपत्ता भएका छन् ।
लमजुङ, २८ भदौ
लमजुङको विटक भोजे गाविस–१ कुम्लुङ गाउँमा चट्याङपर्दा चौध जना स्थानीय
बासिन्दा बेहोस भएका छन् । आइतबार बिहानीपख परेको चट्याङबाट ८० वर्षीय
दलसिं गुरुङ, ४० वर्षीया लुकाशी गुरुङ, ७० वर्षीया लालसिरी गुरुङ, ७२
वर्षीय टुमाया गुरुङ, ५० वर्षीया खनिच्योँ, ६१ वर्षीय पशुपति गुरुङ, ५०
वर्षीया रेखिमाया गुरुङ, २१ वर्षीया गीता गुरुङ, ४३ वर्षीया मोतिकुमारी
गुरुङ, ३० वर्षीय पसबहादुर गुरुङ, ३१ वर्षीय खिमबहादुर गुरुङ, ४१ वर्षीय
थीरबहादुर गुरुङ र एक वर्षीया कल्पना गुरुङ बेहोस भएका हुन् ।
लमजुङ, ४ साउन
नेपाल
टेलिकम लमजुङले जिल्लामा एडिएसएल सेवा सुरु गरेको छ। टेलिकमका लेखापाल केशव
अर्यालले इन्टरनेट सेवाको गति ढिलो भएर हैरानी खेप्नुपरेका उपभोक्तालाई यो
सेवा प्रभावकारी हुने बताए। एडिएसएल सेवाका लागि छुट्टै टेलिफोन लाइन जडान
गर्नुनपर्ने र अरु इन्टरनेट सेवाभन्दा छिटो चल्ने टेलिकमले जनाएको छ।