Wednesday, 23 May 2012 06:26 am, Nepal

पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा

मेचीकाली : 2011-01-09 16:59:24

पर्यटन वर्ष– २०११ लाई सफल बनाउन आन्तरिक पर्यटनको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भए पनि त्यसका लागि आवश्यक तयारी भरपर्दोरूपमा भएको पाइँदैन । प्राकृतिक र सांस्कृतिक दुवैरूपमा अनुपम रहेको नेपालमा नयाँनयाँ गन्तव्यको विकास गरी आन्तरिक र बाह्य दुवै पर्यटनमा नयाँ आयाम थप्न सकिनेतर्फ पर्याप्त ध्यान पुग्न अझै बाँकी नै देखिन्छ । पोखरा, चितवन, लुम्बिनी, काठमाडौँ उपत्यका र उच्च हिमाली भेगलगायतका केही क्षेत्रमा मात्र पर्यटन गतिविधि सीमित राखेर न त कुनै पर्यटन वर्ष आशातीतरूपमा सफल हुन्छ, न पर्यटन उद्योगको माध्यमबाट नेपाली जनताको मुहारमा सम्पन्नताको दिगो खुसियाली ल्याउन सकिन्छ ।

पुरा पढ्नुहोस्

विवाद नमिलाई सकियो माओवादी विस्तारित बैठक

मेचीकाली : 2010-11-27 17:19:25

-म असफल भएको छैन : प्रचण्ड

-अध्यक्षको प्रतिवेदन मिठो तरकारीमा गोबर घोलेजस्तो : बाबुराम

पालुङटार (गोरखा), ११ मंसिर : एकीकृत नेकपा माओवादीको पालुङटारमा विस्तारित बैठक शनिबार सकिएको छ । तर बिस्तारित वैठकमा पेश भएका तीनवटा राजनीतिक प्रस्तावलाई एउटै बनाइएपनि दुई उपाध्यक्षले पेश गरेका दीर्घकालीन राजनीतिक लाइनका बिषयमा सहमति जुट्न सकेन । अध्यक्षले संसोधनसहित पेश गरेको प्रतिबेदनलाई परिमार्जन गरि बिबादित बिषयमा सहमति जुटाउने जिम्मा केन्द्रीय समितिलाई दिइएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।

पुरा पढ्नुहोस्

जनविद्रोहको तयारीमा माओवादी

मेचीकाली : 2010-11-27 10:19:41

विद्रोहका लागि चार आधार र चार तयारी

पालुङटार (गोर्खा), ११ मंसिर : विस्तारित बैठकपछि माओवादीले जनविद्रोह सुरु गर्ने भएको छ । विस्तारित बैठकको छैटौं दिन माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार जनविद्रोहका लागि चार आधार र चार तयारी प्रस्ताव गरेका छन् । अध्यक्ष प्रचण्डले उपाध्यक्षद्वयका प्रतिवेदनलाई समेट्दै राजनीतिक, आर्थिक, भौतिक र संगठनात्मक तयारीको प्रस्ताव गरेका हुन् । शान्ति र संविधानको लागि दवावमूलक संघर्ष गर्ने र त्यसमा अवरोध भए जनविद्रोहमा जाने प्रतिवेदनमा प्रस्ताव गरिएको छ । माघ महिनासम्ममा सबै जनबर्गिय संगठनहरुको सम्मेलन र महाधिवेशन टुङ्ग्याएर तयारीमा बस्न अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन पनि दिएको राज्यसमिति सदस्यले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

तीनवटै प्रतिवेदन मिलाएर प्रचण्डको प्रतिवेदन आउँदै

मेचीकाली : 2010-11-26 15:05:46

-बैठक भोली सक्ने माओवादी तयारी
-विदेशी हस्तक्षेपविरुद्ध संघर्ष जारी राखिने

पालुङटार (गोर्खा), १० मंसिर : पालुङटारमा जारी एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै संष्लेषित प्रतिवेदन पेश गर्दैछन् ।  माओवादी स्थायी समितिको शुक्रबार बसेको बैठकले तीनबटै प्रतिवेदनलाई समेटेर अध्यक्ष प्रचण्डले संष्लेषित प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।  प्रचण्डले शान्ति र संविधान निर्माणसँगै जनविद्रोहको तयारी सँगसँगै गर्ने संक्रमणकालिन कार्यदिशा सहितको प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।  बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले प्रचण्डको प्रतिवेदनमा विस्तारित बैठकमा आएका सुझाव र उपाध्यक्षद्धयको प्रतिवेदनको सारलाई समेटिने जानकारी दिए ।

पुरा पढ्नुहोस्

माओवादी बैठकमा सहमतिको प्रयास

मेचीकाली : 2010-11-26 13:31:53

पालुङटार (गोरखा), १० मंसिर : एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा पेश गरिएको फरक/फरक प्रतिवेदनहरुलाई सहमतिमा टुङ्ग्याउने प्रयास भइरहेको छ । गोर्खाको पालुङटारस्थित अध्यक्ष पुष्पकमल दाहाल बसेको एक नीजि घरमा शुक्रबार विहान बसेको स्थायी समितिको बैठकमा  विस्तारित बैठकमा उठेका टिप्पणी, आलोचना र सुझावलाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल भएको छ । बन्द सत्रमा कार्यर्ताहरुले नेतृत्व समक्ष गरेको विभिन्न खालको प्रश्नको जवाफका विषयमा पनि बैठकमा छलफल भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु