स्याङ्जा, ७ वैशाख : स्याङ्जाको बानेथोक देउराली गाविस–२ का धनबहादुर सार्की आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार जिल्लाको दार्सिङ दहथुम गाविस–२ ओडारेमा डेरा गरी बस्दै आएका धनबहादुर २७ वर्षीया श्रीमती तारा सार्कीको हत्या गरी फरार भएका हुन् ।
स्याङ्जा, १४ चैत : उत्पादन गरेको कफीले उचित मूल्य पाएपछि स्याङ्जाका कफी किसान अहिले निक्कै उत्साहित भएका छन् । किसानले उत्पादन गरेको फ्रेसचेरी प्रतिकिलो रु ५० र पार्चमेन्ट कफी प्रतिकिलो रु २१५ मा घरमै बिक्री हुन थालेपछि यहाँका किसान कफीखेतीतर्फ निक्कै आकर्षित भएका हुन् ।
स्याङ्जा, २९ माघ : नेकपा एमाले स्याङ्जाको सातौ जिल्ला अबिधेशनबाट अध्यक्ष पदका प्रत्यासी पुण्यप्रसाद भुसाललाई पराजित गर्दै पद्मा अर्याल निर्वाचित हुनुभएको छ । एमाले केन्द्रिय निर्वाचन विभागका सदस्य कमल श्रेष्ठले गएराति सम्पन्न मतगणनाको परिणाम सुनाउँदै उपाध्यक्षमा मिनबहादुर गुरुङ्, सचिव सुधिरकुमार पौडेल, र उपसचिव रामचन्द्र भट्टराई निर्वाचित हुनुभएको घोषणा गर्नुभएको छ ।
स्याङ्जा, २३ माघ : स्याङ्जाको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको जलाशयमा सञ्चालित एक स्टीमरका चालक खसेर बेपत्ता भएका छन् ।
स्याङ्जा, १२ मंसिर : विश्व शान्ति र ब्रिटिश साम्राज्यको युद्धहरुमा मारिएका, बेपत्ता पारिएका ६० हजारभन्दा बढि पितृ गोरखाहरुको सम्मानमा गोरखा भुतपूर्व सैनिक संघ(गेसो)ले आज एक विशेष कार्यक्रमकाबीच स्याङ्जा जिल्ला फेदीखोला गाविस ८ साल्मेडाडामा गोरखा स्मारकको शिलान्यास गर्ने भएको छ । स्मारकको विभिन्न युद्धमा मारिएका जातिका कन्या र धर्म गुरुहरुबाट शिलान्यास गरिने गेसोको सभापति पदमबहादुर गुरुङले जानकारी दिनुभयो ।