-जनार्दन बराल
सिरुबारी पुग्दा तपाईंको स्वागतका लागि
नौमती बाजा तयार हुन्छ, सिरुबारीका आमाहरू हातमा फूलमाला बोकेर लामबद्ध
उभिएका हुन्छन् । पञ्चेबाजाको झ्याइँझ्याइँको साथमा गलामा माला र हातमा
फूलले स्वागत गर्छ सिरुबारीले तपाईंलाई । सिरुबारीमा औपचारिक प्रवेशका लागि
गुम्बामा पूजा अनिवार्य हुन्छ । गुरुङ परम्पराअनुसार पूजा सकेपछि तातो
चियाको साथमा मौसमअनुसारको खाजा आउँछ । सिरुबारी नमूना गाउँ पर्यटन
विकास समितिका संयोजक जुम गुरुङ भन्छन्, 'स्वागतको यो हाम्रो पुरानो
परम्परा हो ।' पहिले-पहिले (अहिले पनि) लाहुर गएका आफन्त घर र्फकंदा यसैगरी
स्वागत गरिंदो रहेछ, सिरुबारीमा ।
स्याङ्जा, १३ मंसिर : सुन्तला
उत्पादनका दृष्टिले अग्रस्थानमा रहेको स्याङजामा यस वर्ष सुन्तला उत्पादनमा
२५ प्रतिशतले वद्धि भएको छ । यहाँको सुन्तलाले आवश्यक र व्यवस्थित बजार
पाउन नसक्दा कृषक भने निक्कै चिन्तित भएका छन् । सुन्तलाका लागि अनुकूल
मौसम भएकाले यसवर्ष उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले
जनाएको छ । जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका वरिष्ठ कृषि अधिकृत
चेतनाथ अधिकारीले भने – यसवर्ष सुन्तला फल्ने बेला मौसम राम्रो भएको र लामो
खडेरी असिना नपर्नुले उत्पादनमा वृद्धि भएको हो ।
स्याङ्जा, ८ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प नभएको बताएका छन् । स्याङ्जाको वालिङमा पत्रकारहरुसँग बुधबार कुराकानी गर्दै अध्यक्ष थापाले काँग्रेस र एमाले पनि माओवादीको गणतन्त्रको एजेण्डाको पछि दौडेर गणतन्त्रको एकलौटी घोषणा गरेको आरोप लगाए । थापाले भने ‘नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प छैन, त्यसका लागि काँग्रेस, एमाले, माओवादीलगायतका दलहरुसँग छलफल गरिरहेका छौँ ।’
स्याङ्जा, १६ असोज : वालिङबाट पर्वतको हुवासतर्फ जाँदै गरेको लु१ज ९७९ नम्बरको जिप आज स्याङ्जाको थुमपोखरा–८ स्थित मैनीखोलामा दुर्घटनाग्रस्त हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी सहायक निरीक्षक शिव खत्रीका अनुसार मृत्यु हुनेको हालसम्म सनाखत हुन सकेको छैन । त्यस्तै गम्भीर घाइतेहरूमा जिपका चालक वर्ष २२ का युवराज डुम्रे, वर्ष २१ का सहचालक दीपक ठकुरी र पुतलीबजार नगरपालिका–३ का ४५ वर्षीय खेमराज शर्मा रहेका छन् ।
सयौं यात्री बीचबाटोमै अलपत्र परे
स्याङ्जा, ७ भदौ
केही दिनदेखि परेको लगातारको वर्षपछि आज विहान स्याङ्जा र पोखराको सिमाना
कुभिन्डेमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध
हुँदा स्याङ्जाबाट पोखराका लागि छुटेका सवारीसाधान तथा पोखराबाट स्याङ्जाका
लागि छुटेका सवारी साधन तथा यात्रु बीचबाटौमै अलपत्र परेका छन् ।
सडकभन्दा माथिबाट खसेको पहिरो हटाउने काम
भइरहेको फेदिखोला प्रहरी चौकीले जानकारी दिएको छ ।