Wednesday, 23 May 2012 06:28 am, Nepal

कार दुर्घटनामा तीन जनाको ज्यान गयो

मेचीकाली : 2012-01-12 18:50:24

दमौली, २८ पुस : काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा९च १६८५ नम्बरको कार  तनहुँको जामुने गाविस धँयेरेस्थित पृथ्वी राजमार्गमा आज साँझ दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ पकनाजोल निवासी भाष्कर शाह र आशिस बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्को एक मृतकको सनाखत हुनसकेको छैन ।

पुरा पढ्नुहोस्

झोलुङ्गे पुलबाट हामफालेर वृद्धाद्वारा आत्महत्या

मेचीकाली : 2012-01-06 08:25:49

दमौली, २२ पुस : व्यास नगरपालिका– ७ पाटनस्थित मादी नदीको झोलुङ्गे पुलबाट हामफालेर एक वृद्धाले आत्महत्या गरेकी छन् । एकसट्ठी वर्षीया विष्णु रानाभाटले झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुलनजिकै कपडा भेटिएपछि ती वृद्धाले पुलबाट हामफालेर आत्महत्या गरेको अनुमान प्रहरीको छ ।

पुरा पढ्नुहोस्

तनहुँ दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

मेचीकाली : 2011-12-30 11:29:58

तनहुँ, १५ पुस : पोखरा वीरगञ्जको सवारी रुटमा रहेको बसले ठक्कर दिँदा तनहुँको जामुने निर्मलबस्तीमा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ४ ख ६११७ नम्बरको बसले गएराती स्थानीय पैदलयात्री चारजनालाई पृथ्वी राजमार्गको जामुनेमा ठक्कर दिएको थियो ।

पुरा पढ्नुहोस्

जङ्गली जडीबुटी खाँदा तीनजना बेहोस

मेचीकाली : 2011-12-08 10:44:53

दमौली, २२ मंसिर : बुधबार राति जङ्गली जडीबुटी औषधी बनाएर खाँदा तनहुँमा तीनजना बेहोस भएका छन् ।  बेहोस हुनेमा व्यास– ९ निवुवाटरीका ४५ वर्षीय सन्तबहादुर विक र उनकी श्रीमती ४० वर्षीया मनुमाया विक तथा सोही ठाउँकी ३० वर्षीया लक्ष्मीकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

पुरा पढ्नुहोस्

चारदिनका लागि मस्र्याङ्दी विद्युत् गृह बन्द

मेचीकाली : 2011-12-06 11:38:54

दमौली, २० मंसिर : तनहुँको आँबुखैरेनी गाविसस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाको विद्युत गृह चारदिनका लागि बन्द गरिएको छ । बाँध क्षेत्रका ढोका निर्माण गर्नका लागि विद्युत् गृह बन्द गरिएको विद्युत् गृहका प्रमुख चन्द्रशेखर चौधरीले बताउनुभयो । नदीमा पानीको बहाव घट्दै गएपछि विद्युत् गृहले ६० मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु