Friday, 24 May 2013 08:10 am, Nepal

चट्याङ लागेर २ को ज्यान गयो

मेचीकाली : 2013-04-20 11:18:37

धुर्कोट (गुल्मी), ७ वैशाख : गए राति परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ ।  अविरल वर्षा र हावाहुरीसँगै परेको चट्याङबाट अरू दुई घाइते भएका छन् । चट्याङबाट हाडहाडे गाविस ७ की १३ वर्षीया वसन्ती काउछा र गैंडाकोट गाविस ७ का आठ महिनाको बच्चा अभिषेक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतकको शव परीक्षणका सदरमुकाम तम्घास अस्पताल ल्याइँदै गरेको छ ।


पुरा पढ्नुहोस्

आगो निभाउन गुल्मी सदरमुकाम बन्द

मेचीकाली : 2013-04-12 14:18:03

धुर्कोट (गुल्मी), ३० चैत : रेसुङ्गा क्षेत्रमा लागेको आगो नियन्त्रणमा स्थानीयवासीले चासो नदेखाएपछि गुल्मी उद्योग वाणिज्य सङ्घले तम्घास बजार बन्द गराएको छ ।  गुल्मीको गौरव मानिएको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रेसुङ्गा क्षेत्रमा भएको आगलागी नियन्त्रणभन्दा बाहिर गएपछि आगालागी नियन्त्रणका लागि बजार बन्द गरिएको हो । 


पुरा पढ्नुहोस्

सहमति भएपछि गुल्मी बन्द फिर्ता

मेचीकाली : 2013-02-15 14:37:15

गुल्मी, ४ फागुन : जिल्लालाई लोडसेडिङमुक्त घोषणा गर्नुपर्ने लगाएतका बिभिन्न माग राख्दै गरिएको गुल्मी बन्द फिर्ता भएको छ । बिहान भएको वार्तामा सहमति जुटेपछि बन्द फिर्ता भएको हो । प्रमुख जिल्ला अधिकारी राजनीतिक दलका प्रतिनिधि, बिद्युत प्राधिकरणका क्षेत्रीय प्रतिनिधि, नागरीक समाज, सदरमुकामका बिभिन्न क्लब, पत्रकार लगाएत सरोकारवाला पक्ष बीच भएको वार्ताले बिभिन्न निर्णय गरेपछि बन्द फिर्ता भएको हो । 


पुरा पढ्नुहोस्

गुल्मीमा स्थानियवासी र प्रहरीबीच झडप

मेचीकाली : 2013-02-13 17:56:41

गुल्मी, २ फागुन : नियमित विद्युत आपूर्तीको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानियवासी र प्रहरीबीच झडप हुंदा गुल्मीको तम्घास बजार तनावग्रस्त बनेको छ । सो क्रममा प्रहरी निरिक्षक दिपेन्द्र विष्ट सहित ५ प्रहरी र १० स्थानियवासी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।  


पुरा पढ्नुहोस्

सहमति गरी निकास दिन दलहरुलाई राष्ट्रपतिको आग्रह

मेचीकाली : 2013-01-14 17:50:04

गुल्मी, १ माघ : राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । माघे सङ्क्रान्ति मेलामा चारधाम मध्येको एक रूरू क्षेत्रमा कालीगण्डकी स्नान गर्न आज गुल्मीको रिडी आउनुभएका राष्ट्रपति यादवले परिवर्तन संस्थागत गर्नका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताउनुभएको हो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु