गुल्मीको सदरमुकाम तम्घास वडा नम्बर ९ को नेटा गाउमा आज साँझ घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । चट्याङमा परी स्थानीय रामबहादुर नेपाली र सुनिल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा अरु दुई जना गम्भिर घाईते भएका छन् ।
गुल्मी, २५ वैशाख : वृद्ध दम्पतिको गुल्मीको हस्थिचौर गाविसमा एक दम्पत्तिको हत्या भएको छ । हस्तिचौर गाविस वडा नम्वर ६ राम्चेका ७७ वर्षीय भविलाल विक र उहाँकी ७४ वर्षीया श्रीमती सेती विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मी, १७ फागुन : सडक सुधार भइरहेकाले बन्द रहेको बुर्तिवाङ–बुटवल सडकखण्डमा आजदेखि सवारीसाधन चल्न थालेका छन् । रिडी रुद्रवेणीको बीचमा पर्ने साँघुरेमा मर्मतका कारण एक महिनादेखि बन्द रहेको बाटामा आजदेखि गाडी सञ्चालन गर्न थालिएको हो ।
गुल्मी, १३ पुस : कथित उपल्लो जातको चुल्हो छोएको निहुँमा कालिकोटका मानवीर सुनारको हत्या भएको विरोधमा दलित सघंर्ष समिति गुल्मीले आह्वान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ । यातायात, शिक्षण सस्ंथा ठप्प हुनुका साथै बजार, उद्योगधन्दा बन्द रहेका छन् । चिया पसलको चुलो छोएको निहुँमा कालिकोट जुविथा ४ का सुनारको स्थायिन भीमबहादुर शाही र दीपबहादुर शाहीको कुटपिटबाट मृत्यु भएको हो ।
गुल्मी, १९ मंसिर : गुल्मीको नेटामा रहेको अमर निमाविमा अध्ययनरत एक विद्यार्थी दुर्इं महिनादेखि सम्पर्कविहीन भएकी छन् । कक्षा ५ मा अध्ययनरत नेटा गाविस वडा नम्वर ५ म्यालचौरका प्रेम विककी १२ वर्षकी छोरी सङ्गिता विक वेपत्ता भएकी हुन् । घरबाट बाग्लुङको भिमगिठेमा रहेको आफन्तको घरमा असोज १३ गते गएकी संगिता वेपत्ता भएकी हुन् ।