गुल्मी, १२ असोज : गुल्मी जिल्लाको धुर्कोट वाग्लाबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज १७४५ नम्बरको जीप मंगलबार गुल्मी जिल्लाको जैसीथोक गाविसको सिमाहाघाटमा दुर्घटनाहुँदा सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा अखिल नेपाल शिक्षक सङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष दशरथ घिमिरे, पुर्कोट दह गाविस निवासी राजेन्द्र थापा, जुभुङ गाविस निवासी कृष्ण जिसी, वाग्लाका नन्दराम गिरी, अनन्तराम पल्ली, देवेन्द्र भण्डारी र पुर्कोट दहका ढालबहादुर राउत रहेका छन् ।
गुल्मी, १० असोज : जिल्लामा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उक्त पूँजीलाई समग्र विकासमा लगानी गर्दै आधुनिक र सुविधायुक्त बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गत तीन वर्षअघि स्थापना भएको रेसुङ्गा विकास बैंक लिमिटेड चौंथो वर्ष प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त गरी वित्तीय कारोबार गर्न स्वीकृति पाएको रेसुङ्गा बैंकले २०६४ असोज ९ गतेदेखि नियमित कारोबार सञ्चालन गर्न सुरु गरेको हो ।
गुल्मी, ३ असोज : गुल्मीमा अत्याधुनिक सुविधासम्पन्न रेसुङ्गा अस्पतालले सेवा प्रारम्भ गरेको छ । सेवा आरम्भको अवसरमा अस्पतालले भोलिसम्म निःशुल्क स्वास्थ्य परीक्षण, एक्सरे, भिडियो एक्सरे, इसिजी, ल्याबलगायत सेवा प्रदान गर्ने जनाएको छ । स्वास्थ्य परीक्षण गराउने बिरामीको चाप अधिक रहेकाले निःशुल्क सेवा भोलिसम्म सञ्चालन हुन लागेको हो ।
गुल्मी, २७ भदौ
गुल्मीको
हुँगा गाविसमा चेलीसँग तीज नाच्न नपाएको भन्दै आक्रोशित युवा र स्थानीयबीच
झडप हुँदा २ घाईते भएका छन्। प्रहरीले मारपिटमा उत्रेका १० जना युवालाई
नियन्त्रणमा लिएको जनाएको छ। झेर्दी गाउँमा शनिबार राति तीजमा नाच्न जम्मा
भएका युवाहरुले चेलीहरुसँग अभद्र ढंगले नाच्ने मोबाईलमा भिडियो खिच्ने
गरेपछि स्थानीयले त्यसो नगर्न आग्रह गर्दा दुई पक्षबीच झडप भएको थियो।