अर्घाखाँची, १७ साउन : बुटवलबाट नेपालगञ्ज जाँदै गरेको बस अर्घाखाँचीको जलुके गाविस हात्तीढुंगामा दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । ना २ ख ९८५९ नम्बरको बस दूर्घटना हुँदा बसका सहचालक र एक यात्रीको घटनास्थलमै मृत्यु भएको हो ।
अर्घाखाँची, ७ साउन : झापा र अर्घाखाँचीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । अर्घाखाचीको दहखोलामा भएको गाडी दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ । बुटवलबाट सन्धीखर्कको लागि छुटेको बा २ ख ७९४८ नम्बरको फोर्स गाडी दहखोलामा पल्टिँदा १७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
अर्घाखाँची, ७ साउन : बुटवलबाट अर्घाखाँचीतर्फ जाँदै गरेको यात्रुबाहक बस अर्घाखाँचीको दहखोलामा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । बुटवलबाट सन्धिखर्कको लागि छुटेको बा २ ख ७९४८ नम्बरको फोर्स गाडी दहखोलामा पल्टिएको हो । अहिले घटनास्थलमा प्रहरीले उद्धार गरिरहेको छ ।
अर्घाखाँची २३ पुस : अर्घाखाँचीको बागी गाविसमा पर्ने घेराको भीरबाट खसेर आज बिहान एक बालकको घटनास्थलमै मृत्यु भएको छ । हंसपुर–६ निवासी खुमबहादुर भलामीका छोरा १० वर्षीय बालक कमल भलामीको बिहान बाँदर लखेट्दै जादा भीरबाट खसेर मृत्यु भएको हो ।
अर्घाखाँची, ५ मंसिर : जुकेना गाविसस्थित सुधा उच्च माविमा चार दिनदेखि लगाइएको ताला खुल्न नसक्दा विद्यालयको दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुन सकेको छैन । विद्यालयमा नेपाली विषयको शिक्षक राख्ने विषयमा स्थानीय राजनीतिक दलबीच समझदारी कायम हुन नसकेपछि गत बिहीबारदेखि विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए ।