पाल्पा, १९ वैशाख : निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले अब कुनैपनि शक्तिलाई निर्वाचन रोक्न कठिन हुने बताएका छन् । देशब्यापी रुपमा नागरिकमा देखिएको निर्वाचनको उत्साहले पनि निर्वाचनको वातावरणलाई प्रष्ट पारेको बताए । घुम्ती शिविरका लागि देशव्यापी अभियान अन्र्तगत पाल्पा पुगेका गुरुङले सहरमा निर्वाचनको वाताबरण नबने जस्तो देखिए पनि गाउँमा चुनावी माहोल सुरु भइसकेको बताए ।
पाल्पा, १० वैशाख : पाल्पा जिल्लाको खस्यौली गाविस वडा नम्बर ३ देउराली करङ्गगैरामा आज भएको टाटासोमो जीप दुर्घटनामा तीनजनाको ज्यान गएको छ । अन्य पाँच जना यात्रु घाइते भएको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले जानकारी दिनुभयो ।
पाल्पा, ११ चैत : मामाले आफुलाई तथानाम गाली गरेको भन्दै पाल्पामा एक युवाले आफ्नै मामाको हत्या गरेका छन् । पाल्पाको यम्घा गाउँ विकास समिति– ४ मेउछाप निवासी ५६ वर्षिय ताराप्रसाद न्यौपानेलाई उनकै भाञ्जा पर्ने खानीखाउँ– ६ दैलातुङ्गका २० वर्षिय खगु वस्यालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मामाको घरमा एसएलसी परिक्षा दिन वसेका वस्यालले मामा न्यौपानेलाई तथनाम गालीगलौज गरेको भन्दै हत्या गरेका हुन् । छिमेकी चापपानी गाविसमा परिक्षा केन्द्र परेका वस्याल नजिकै रहेको मामाको घरमा वस्दै आएका थिए ।
पाल्पा, २१ फागुन : दुलही लिएर दुलाहाको घरमा फर्किदै गरेको जन्ती बस दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको ज्यान गएको छ । बेहुला बेहुलीसंग अरु २६ घाईते भएका छन् । पाल्पाको चिदिपानी गाबिसको बुढीकोटबाट खानीछाप गाबिसको आमडाडामा रहेको दुलाहाको घर फर्किदै गरेको लु १ ख २७९५ नम्बरको बस आर्यभञ्याङ्ग, राम्दी सडक खण्डमा पर्ने चिदिपानी १ धैरेनीमा सडकबाट झण्डै ७ सय मिटर तल भालुखोलामा खस्दा १५ जनाको ज्यान गएको हो ।
पाल्पा, ८ माघ : पाल्पाको रामपुरमा हिजो दिउँसोदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कफ्र्यु अहिले पनि जारी छ । एक महिनादेखि बेपत्ता पाल्पा रामपुर गाविस ५ बस्ने सोनु खनाल श्रेष्ठ कालीगण्डकी नदीको ज्याग्दी परेवाघाट किनारमा फेला परेपछि अनुसन्धान फितलो भएको भन्दै हिजो स्थानीयबासीन्दाले प्रहरी कार्यालयमा तोडफोड गरेपछि कफ्र्यु लगाउनु परेको प्रशासनको भनाइ छ ।