Wednesday, 23 May 2012 06:33 am, Nepal

दुई मलामी बगेर बेपत्ता

मेचीकाली : 2010-12-25 15:57:55

पाल्पा, १० पुस : गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरुक्षेत्र रिडीमा शव जलाउन आएका दुई मलामी शनिबार बगेर बेपत्ता भएका छन् ।कालीगण्डकी नदीमा बिहान ११ बजे रुरु गाविस-४ मा शव जलाउन आएका गुल्मी दुवीचौर-६ का ४३ वर्षीय  वर्षीय  दलबहादुर तग्नामी र ६५ वर्षीय  मानबहादुर तग्नामी डुबेर बेपत्ता भएका हुन् । शव जलाई सकिएपछि जलाएको स्थान सफा गर्न नदीबाट हातले पानी छ्याप्दै गर्दा डुबेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

पुरा पढ्नुहोस्

जीप दुर्घटनामा ५ जनाको मृत्यु

मेचीकाली : 2010-12-24 08:53:41

 तीन जना गम्भीर घाइते

पाल्पा, ९  पुस  :  गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको जिप आज बिहान सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको मस्याम–४ केराबारी नजिकै दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा सल्यान, हिवाल गाविस वडा नं ५ का चालक शेरबहादुर थापा, गुल्मी तुराङ–४ का ६८ वर्षीय धनबहादुर बस्नेत, सोही ठाउँकै ५२ वर्षीय दिलबहादुर रिजाली, तुराङ–१ का ४८ वर्षीय खगेश्वर अर्याल र तुराङ–२ का ४५ वर्षीय नारायणप्रसाद खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

दुर्घटनामा तीन जनाको मृत्यु

मेचीकाली : 2010-12-11 17:36:11

पाल्पा, २५ मंसिर : पाल्पाको दोभान गाविस झुम्सा नजिकै भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तगर्त तानसेन बुटवल सडकखण्डको झुम्सा जिकैना २ ख ८३२८ नम्वरको ट्रकले लु ६ प ५९७५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार पाल्पा बन्दीपोखरा गाविस ३ का २३ बाषिर्य कुल बहादुर कार्की र बसन्त कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पाल्पा बन्दीपोखरा गाविस ३ का ३० बषिर्य पूर्णबहादुर कार्कीको लुम्बीनी अञ्चल अस्पताल वुटवलमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहोस्

पत्रकारलाई उपचारमा छुट दिइने

मेचीकाली : 2010-11-29 07:01:37

तानसेन, १३  मंसिर : लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले पत्रकार महासंघको सदस्य भएका पाल्पाली पत्रकारहरुलाई महासंघको सिफारिसमा उपचारमा सहुलियत दिने भएको छ । पत्रकार महासंघ पाल्पा शाखा र कलेजबीच भएको सम्झौता अनुसार पत्रकारहरुलाई मंसिर १२ गतेदेखि नै लागू हुने गरि उपचारमा सहुलियत प्रदान गरिएको मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए ।

पुरा पढ्नुहोस्

पहिरोले लाखौँको क्षति

मेचीकाली : 2010-10-06 14:38:40

पाल्पा, २० असोज : पाल्पाको गेझा गाविस–८ ढोलीबारी भन्ने ठाउँमा पहिरो जाँदा लाखौँको क्षति भएको छ । मङ्गलबार बिहान करिब ४ बजेदेखि जान सुरु गरेको पहिरो अझै नरोकिएपछि करिब १७ रोपनी जग्गा पहिरोले लगेर र  पुरिएर लाखौँको क्षति भएको हो । पहिरोले स्थानीय शालिकराम भट्टराईको र धु्रव खनालको दुई–दुई रोपनीभन्दा बढी खेत लगेको छ भने हरिप्रसाद भण्डारीलगायतका किसानको १३ रोपनी खेत पुरिएको छ । माथिबाट करिब २०० मिटर तलसम्म पहिरो झरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु