dashain
Thursday, 18 October 2018 09:20 pm, Nepal

विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई म्याद थप

मेचीकाली : 2018-10-01 15:46:06

नवलपरासी, १५ असोज : विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ परेका प्रधानाध्यापक श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरेको छ । पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टीकाराम पोखरेलका अनुसार पक्राउ परेका श्रेष्ठको आठ दिनको म्याद थप गरिएको छ ।

पुरा पढ्नुहोस्

नवलपरासीमा दुर्घटनामा परी दुईको मृत्यु

मेचीकाली : 2018-08-12 09:26:45

नवलपरासी, २७ साउन : पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा हिजो साँझ भएको दुर्घटनामा परी दुईको मृत्यु भएको छ । विनयी त्रिवेणी–१ होङसी शिवम सिमेन्ट कारखाना जाने चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा रहेका दुई जनाको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

मेचीकाली : 2018-05-20 13:41:58

नवलपरासी, ६ जेठ : पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ ।नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो ।

पुरा पढ्नुहोस्

१० करोड लगानीमा होटल क्रिस

मेचीकाली : 2018-05-13 15:52:54

नवलपरासी, ३० वैशाख : पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करीब रु १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ ।

पुरा पढ्नुहोस्

गाउँमा बीउ बैंक स्थापनापछि कृषकलाई सहज

मेचीकाली : 2018-04-29 16:59:21

नवलपरासी, १६ वैशाख : पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् । नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंकको स्थापना गरेका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु