परासी, १ जेठ : चुनावको मिति तोक्न माग राखेर नवलपरासीमा तीन दिनदेखि आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । जिल्ला सदरमुकाम परासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका केन्द्रीय सदस्य सत्रजीत यादव, जिल्ला सचिव हरिनारायण चौधरी, सदस्यहरु अनिरुद्र गौड, रामबृक्ष यादव र प्रकाश पासवानको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको हो ।
परासी, ३१ बैशाख : जिल्लाको बेलाटारीमा मंगलवार दिउसो दुई वटा मोटरसाईकल एक आपसमा ठोकिन पुग्दा एक जनाको मृत्यु भएकोछ । दुर्घटनामा तिन जना घाईते भएको र घाईते मध्ये एकजनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएकोछ ।
कावासोती, २६ वैशाख : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने डाँडामा आज अपराह्न पौने पाँच बजे तिर कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बुटवलबाट अरुणखोला जाँदै गरेको भे १ च ९९४ को कार सडकबाट करिब ५० मिटर तल खस्दा बुटवल गोल पार्ककी ५२ वर्षीया रम्भादेवी कार्की र ६० वर्षीया तारादेवी खड्काको घटनास्थलमै मृत्यु भएको बर्दघाट प्रहरी चौकीले जनाएको छ ।
आफ्नै श्रीमतीको हत्या गर्ने पुरुषलाई कडा कारवाही गर्न नवलपरासीका अधिकारकर्मिहरुले माग गरेका छन् । शनिवार राति आफ्नै श्रीमतिको हत्या गर्ने विश्वास पौडेललाइ कडा कारवाही गर्न स्थानिय सर्वसाधारण तथा अधिकारकर्मिले माग गरेका हुन् । देशका विभिन्न स्थानमा महिला हिंसा का घटनामा वृद्धि भइ रहेको अवस्थामा यस्ता घटना न्युनिकरणका लागि दोषी लाइ कडा कारवाही गरीनु पर्ने स्थानियको भनाइ छ ।
नवलपरासी, २२ वैशाख : नवलपरासीको शिवमन्दिर २ मा श्रीमान्ले आफ्नै श्रीमतिको हत्या गरेका छन् । गएराति शिवमन्दिर २ वस्ने विश्वास पौडेलले आफ्नै श्रीमति २७ वर्षिय पार्वति पौडेल लाई सिलौटो प्रहार गर्दा श्रीमति को घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।