नवलपरासी, ७ जेठ : पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको वासा र तलसी नगरमा बन्द गराउदै हिडेका बन्दकर्ताले आज बिहान ४ बजे १० वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै एक समूहले सवारी साधनमा आगजनी गरेका हुन् । समूहले साइकल र नम्वर नखुलेका २ ओटा मोटरसाइकल जलाइदिएको प्रहरीले जनाएको छ ।
नवलपरासी, ६ जेठ : खडेरीले नवलपरासीको नवलपुर क्षेत्रको मकै खेती फल नलाग्दै सुक्न थालेको छ । लामो समय देखि वर्षा नहुदा यस क्षेत्रमा लगाइएको मकै फल नलाग्दै खेतमै सुकेर जाने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । मकै लगाउने वेलामा पानी परे पनि फल लाग्ने वेलामा पानी नपर्दा मकै खेतमै ओइलाएर सुकेको शिवमन्दिर ७ का किसान देविलाल खरालले बताउनुभयो ।
नवलपरासी, १ जेठ : विभिन्न माग राख्दै थारु संयुक्त संघर्ष समितीले आह्वान गरेको तराइ बन्दका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । वैशाख २७ गते कावासोतीमा थारु आन्दोलनकारी र प्रहरीबीच भएको झडपको विरोध तथा उचित क्षतिपुर्ती र न्यायीक छानविनको माग गर्दै थारु संयुक्त संघर्ष समितीले आजदेखि ५ गतेसम्म तराईका २२ जिल्ला बन्दको आह्वान गरिएको हो ।
नवलपरासी, ३० वैशाख : राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि आवहान गरिएको बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले आज बिहान नवलपरासीको पञ्चनगर भुताहामा एउटा गाडीमा आगजनी गरेका छन् भने ४ वटा यात्रु बसमा तोडफोड गरेका छन् ।
नवलपरासी, २७ वैशाख : थारु संग्रहालयमा हिजो भएको तोडफोडको बिरोधमा आज थारुहट संर्घष समितिले आयोजना गरेको नवलपरासी बन्दका क्रममा आन्दोलनकारी र प्रहरीबीच नवलपरासीको कावासोतीमा भएको दोहोरो झडपमा प्रहरीले चलाएको गोली लागि सात जना घाईते भएका छन् ।