Wednesday, 23 May 2012 06:34 am, Nepal

हावाबाट बिजुली निकाली गाउँ झलमल

रासस: 2011-12-21 10:47:10

नवलपरासी ६ पुस : मुलुकले चरम लोडसेडिङ भोगिरेहको अवस्थामा नवलपरासी जिल्लाको धउबडी गाउँका बासिन्दाले चौबिसैघन्टा उज्यालो उपयोग गरिराखेका छन् । नेपालका पहिलोपटक लघु वायु सौर्य मिश्रित विद्युत् प्रणालीमार्फत बिजुली बलेपछि सो गाउँका ४६ घरपरिवारले बिजुलीको उपयोग गर्न पाएका हुन् । अब सो गाउँका बासिन्दा इन्धनका लागि दाउरा रोज्न जङ्गल र मट्टीतेल किन्न बजार धाउनुपर्ने अवस्थाको सदाका लागि अन्त्य भएको छ ।

पुरा पढ्नुहोस्

दुर्घटनामा २ जनाको ज्यान गयो

मेचीकाली : 2011-12-18 15:59:12

नवलपरासी,३ पुस : पुर्बपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको रजहर फारममा आइतवार दिउसो भएको मोटरसाईकल दुर्घटनामा २ जनाको ज्यान गएको छ । भैरहवाबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ६१२६ को बसले बिपरीत दिशाबाट आउदै गरेको ना ३ प ३७८५ नम्बर मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पुरा पढ्नुहोस्

चिनी उद्योगहरु सञ्चालनमा ल्याउन माग

मेचीकाली : 2011-11-28 09:00:25

परासी, १२ मंसिर : नवलपरासी जिल्लामा रहेका चिनी उद्योगहरु सञ्चालनमा ल्याउन उखु किसानहरुले माग गरेका छन् ।  कात्तिकको अन्तिम सातादेखि उखु क्रसिङ गर्ने जिल्लाका उद्योगहरु सञ्चालन नहुँदा किसानले काटेको उखु बिक्री हुन नसकेको जनाउँदै उद्योग सञ्चालन गर्न माग गरेका  हुन् ।

पुरा पढ्नुहोस्

माओवादी संस्थापन पक्षनै जग्गा फिर्ता नगर्ने पक्षमा

मेचीकाली : 2011-11-27 14:45:01

 नवलपरासीमा पुन जग्गा कब्जा

नवलपरासी, ११ मंसिर : एकीकृत माओवादीको संस्थापन पक्षले जग्गा फिर्ता गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिईरहेको बेला नवलपरासीमा भने संस्थापन पक्षकै कार्यकर्ताहरुले जग्गा फिर्ता नगर्न  चेतावनी दिएका छन् । उनीहरुले कब्जा जग्गाको तीन भागमा एक भाग भूमिहिन तथा सुकुम्बासीहरुलाई उपलब्ध नगराएसम्म जग्गा फिर्ता नगर्ने चेतावनी दिएका हुन् ।

पुरा पढ्नुहोस्

माओवादीले गाउँमै आएर माफी माग्नुपर्छ : वर्गदवावासी

मेचीकाली : 2011-11-27 10:18:28

नवलपरासी, ११ मंसिर : द्वन्द्वको बेला माओवादीद्वारा नवलपरासीको सोमनी ७ वर्गदवामा गरिएको नरसंहारको घटनाप्रति माओवादीले गाउँमै आएर माफी माग्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालद्वारा गठित स्थानीय द्वन्द्वपीडित मेलमिलाप मञ्चले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा निर्दोष सर्वसाधारणमाथि निर्मतापूर्वक गरिएको हत्याको घटनाप्रति माओवादी नेताले घटनामा संलग्न आफ्ना कार्यकर्तालाई कारबाही गरी गाउँमै आएर माफी माग्नुपर्ने माग गरिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु