कपिलवस्तु, १६ वैशाख : कपिलवस्तुको खुरुहुरीया गाबिस ९ नौरङगीया गाउमा आज भीषण आगलागी भएको छ । स्थानीय लालमन यादवको घरबाट सल्किएको आगोले १२ बटा फुसका घर जलाउँदा घरभित्र रहेका अन्नपात,लत्ताकपडा, गरगहना लगाएत सबै जलेर नष्ट भएका छन् ।
कपिलवस्तु, ६ वैशाख : कपिलवस्तु बहुमुखी क्याम्पसमा आज विहानदेखि विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । हिजोदेखि सुरु भएको विवाद उत्कर्षमा पुगेको विद्यार्थीहरुको भनाइ छ । मंगलवार बिएड पहिलो वर्षको अनिवार्य अंग्रेजी विषयको परीक्षाको क्रममा निरीक्षण गर्न गएको टोलीले छात्रा विद्यार्थीको शौचालय पसेको विषयलाई लिएर झडप भएको बुझिएको छ ।
कपिलवस्तु, १७ चैत : कपिलवस्तुको कृष्णनगरमा बुधबार भएको कुटाकुटबाट घाइते भई लखनउमा औषधी उपचार गराउने क्रममा एक जनाको मृत्यु भएको छ । मृतकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । कुटाकुटबाट १२ जना घाइते भएका छन् ।
कपिलबस्तु, १० चैत : कपिलबस्तुको एउटा परीक्षा केन्द्रबाट विद्यार्थीलाई उत्तरपुस्तिका बाड्न नपाउँदै प्रश्नपत्र बाहिरिएको छ । कपिल्वस्तुको रत्नराज्यलक्षी उच्च मावि परिक्षा केन्द्रबाट आज हुने अनिवार्य गणितको उत्तरपुस्तिका परीक्षा सुरु हुनु अगाडी नै बाहिरीएको हो । प्रश्नपत्र बाहिरिएपनि विद्यार्थीलाई चिट चोर्न नदिने भन्दै परिक्षा भने सञ्चालन भइरहेको छ ।
बुटवल, ६ चैत : पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बुटवलको मीलनचौकमा सोमबार बिहान टिप्पको ठक्करबाट दुई जनाको ज्यान गएको छ । सोमबार बिहान १० बजेको समयमा लु ५ प २३४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार जिल्ला वन कार्यालय रुपन्देहीका कर्मचारी दिलीप न्यौपाने र नवराज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।