कपिलवस्तु, २६ मंसिर : कपिलवस्तुको मोतिपुर गाविस वडा नं ९ मोर्मिमा ट्र्याक्टरको ठक्करबाट एकजनाको ज्यान गएको छ । लु१त ९०८१ नंको ट्र्याक्टरले बाटोमा हिँडिरहेका १५ वर्षीय शिवलाल पाण्डेलाई ठक्कर दिएपछि उपचारका क्रममा बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अहिले चालक र ट्र्याक्टर इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
कपिलवस्तु, ८ मंसिर : अपहरणकारीहरुले आफ्नो नियन्त्रणमा रहेका एक दुई वर्षीय बालकको मुुक्तिका लागि २० लाख रुपैयाँ फिरौती माग गरेका छन् । अपहृत बालकका पिता माधव जिसीका अनुसार चार दिनअघि अपहरणमा परेका आफ्नो छोराको रिहाइका निम्ति अपहरणकारीले फोनमा २० लाख रुपैयाँ मागेका हुन् । तर, आफूसँग अपहरणकारीलाई दिन त्यत्रो पैसा नभएको उनको भनाई छ । प्रहरीले बालकको खोजी कार्य प्रभावकारीरुपमा नगरेको जिसी परिवारले बताएको छ । परिवारले संवेदनशील भएर खोजी कार्यमा लाग्न सुरक्षाकर्मीलाई अनुरोध समेत गरेको छ ।
-शान्तिसुरक्षा अस्तव्यस्त भएको आरोप
कपिलवस्तु, ५ कात्तिक :
कपिलवस्तु जिल्लाको शान्ति सुरक्षाको स्थिति अत्यन्तै दयनीय भएपछि
कपिलवस्तुको सर्वदलीय समितिको बैठकले मैनबत्ती बालेर प्रमुख जिल्ला अधिकारी
कहाँ जाने निर्णय गरेको छ । जिल्लाका सम्पूर्ण राजनीतिक दलका शीर्ष
नेताहरु सम्मिलित बैठकले शान्ति सुरक्षा अस्तव्यस्त भएको, प्रहरीको भूमिका
जनताले देख्न छाडेको, सरकारी कार्यालयमा ढिलासुस्ती, तस्करी अपराधले जनजीवन
प्रभावित बनेको निष्कर्ष निकाल्दै प्रजिअ लक्ष्मण थापालाई ध्यानाकर्षण
गराउने निर्णय गरिएको राप्रपाका रामआशिष पाण्डेले बताए ।
कपिलवस्तु, ३० असोज : काठमाडौंबाट दाङ जादै गरेको ना ३ ख ९९६० नम्बरको बसले ठक्करबाट दिदा शनिबार बिहान करिब ३ बजे कपिलवस्तुको बाणगंगा गाबिस-२, गोबडिहा बस्ने ३२ बर्षका दिलबहादुर सुनारको मृत्यु भएको छ । सुनारलाई पुर्व पश्चिम राजमार्गस्थित बाणगंगा गाबिस-१, पिपरामा बसले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयले गोरुसिंगेले जनाएको छ । ठक्कर दिए पछि फरार भएको बस पुर्ब पश्चिम राजमार्गस्थित जयनगर गाविस-५, कुन्द्रे खोला जंगलमा बेवारिसे अबस्थामा फेला परेको थियो ।
कपिलवस्तु, ३० भदौ
कपिलवस्तु
घटनापीडितले भदौ ३० लाई कालोदिनका रूपमा मनाएका छन् । कपिलवस्तु घटनाका
पीडितहरूको सङ्घर्ष समिति कपिलवस्तुले घटनाको स्मरण गर्दै कालो दिनका रूपमा
मनाएको हो । घटनापीडित सङ्घर्ष समितिका महासचिव संयोजक महादेव पोख्रेलले
घटनाको सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।