रुपन्देही , १९ भदौ
महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर रुपन्देहिको देवदहमा
अवस्थित रेडियो देवदह १०६ थोप्लो ६ मेगाहर्जले खुल्ला तीजगीत प्रतियोगीताको
आयोजना गर्ने भएको छ । ‘सूचनाका लागि सामुदायिक संचार अभियान’ भन्ने मूल
नाराका साथ सञ्चालन गरिएको हो । रेडियोका अध्यक्ष नमराज पुरीको अध्यक्षतामा
वसेको वैठकले गत वर्ष जस्तै यस वर्ष पनि प्रनियोगीतालाई निरन्तरता दिने
निर्णय गरेको हो ।
देवदह(रुपन्देही), १८ भदौ
रुपन्देहीको देवदह–२ बुद्धटोलमा शुक्रबार एक वालकको कुलामा डुवेर मृत्यु
भएको छ । देवदह–३ निवासी भिम बहादुर वि.का ९ वर्षिय छोरा कृष्ण वि.क.का
डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो करिव १ बजे तिर एक्ट्टाचोकदेखि
बुद्ध पव्लिक स्कुल (बुद्धटोल) निस्कने वाटोमा राखिएको हिमपाइपमा पौडी
खेल्ने क्रममा उनको मृत्यु भएको हो । बुद्ध टोलमा निस्कने बाटोमा पौडी
खेल्ने क्रममा २० इन्चको हेनपाइप भित्र अड्केर वि.क.को मृत्यु भएको
देवदह प्रहरी चौकीका प्रमुख लिला बहादुर कार्कीले बताएका छन् ।
बुटवल, १३ भदौ
नेकपा एमाले नेता प्रदीप
ज्ञवालीले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन र नयाँ संविधान बनाउन
एमाले, कांग्रेस, माओवादी र मधेशवादी दलबीच एकता र सहकार्य अपरिहार्य
रहेको बताएका छन् । प्रेस चौतारीले
आइतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै
नेता ज्ञवालीले यस्तो बताएका हुन् । पत्रकारसँग कुराकानी गदैँ नेता
ज्ञवालीले दलहरुबीच सहकार्य र सहमति भए अझै पनि
समस्या समाधान गर्न अप्ठारो नभएको बताए।
नेता ज्ञवालीले माओवादीले राष्ट्रियताको नाउमा पूर्व दरबारियासँग
हिमचिम बढाएर चलखेल गर्ने मोका दिएको र पूर्व राजावादीसग"को एकतालाई
सैद्धान्तिक पुष्टीकरण गर्न गइरहेको आरोप लगाए।
बुटवल,११ भदौ
लायन्स क्लब अफ बुटवल सिद्धबाबाले बुटवल–४ जितगढीमा बस्दै आएका
कुष्ठरोगीहरुलाई खाद्यान्न वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच
क्लबले ११ जना कुष्ठरोगीलाई चामल, दाल, आटा, आलु, नुन, तेल गरी २०
किलोग्रामका दरले खाद्य सामग्री वितरण गरेको हो । कार्यक्रममा क्लबका
अध्यक्ष टंक गैरेले मागेर जीवन गुजारा गर्दै आएका गरीब,दुखी र असहाय
कुष्ठरोगीलाई थोरै भएपनि राहत पुगोस् भनेर खाद्यान्न वितरण गरेको बताए ।
बुटवल,१० भदौ
कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) की स्वयंसेवक कार्यक्रम प्रबन्धक पार्क सुन हीले नेपाल कोरिया विकास परिषद रुपन्देहीको बुटवलस्थित कार्यालय निरीक्षण गरेकी छन् । बिहीबार परिषदका पदाधिकारी र कोरियन भाषा कक्षा पढेका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै उनले दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध सुमधुर रहेको र नेपाली कामदारहरुको मेहनत र इमान्दारिताबाट प्रभावित भएर नै कोरिया सरकारले नेपाली कामदारलाई आफ्नो देशमा झिकाइरहेको स्पष्ट पारिन् ।