बुटवल, १० जेठ : मातृका यादवले नेतृत्व गरेको पुनगठित नेकपा (माओवादी)ले आह्वान गरेको बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएको भन्दै बन्दकर्ताले आज बुटवलमा चालकसहित मोटरसाइकल जलाइदिएका छन् । बन्दकर्ताले बुटवलको कालिकानगरस्थित सञ्जीवनी कलेजअगाडि लु९प २९४ नंको मोटरसाइकल र चालकलाई जलाइदिएका हुन् । घटनामा परी मोटरसाइकल चालक नवलपरासी रामग्राम–४ का २५ वर्षीय सञ्जय नापिक घाइते भएका छन् ।
बुटवल, ६ जेठ : हिजोअस्ति खस क्षेत्रीले वन्द गरे । अनि जनजातिले पनि वन्द आह्वान गरेकै हुन् । अब हुँदा हुँदा बाहुनहरु पनि आन्दोलनमा उत्रिए र आज पश्चिमाञ्चलका तीन जिल्ला वन्दको आह्वान गरेका छन् । समयमै संविधान घोषणा गर्नुपर्ने माग राख्दै ह्राम्हण समाज नेपालले आज आह्वान पश्चिमाञ्चलका १६ जिल्ला बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मीलगायतका जिल्लामा बिहानैदेखि परेको छ ।
बुटवल, २८ वैशाख : क्षेत्री समाजले आहृवान गरेको बन्दका कारण लुम्बिनी, गण्डकी र धवलागिरी अञ्चलको जनजीवन प्रभावित भएको छ । बन्दका कारण तीनवटै अञ्चलमा यातायात, बजार, कलकारखाना र शिक्षण संस्था ठप्प छन् । समयमै संविधान जारी गर्नुपर्ने, क्षेत्रीहरुलाई पनि आदिवासी जनतातिमा सूचीकृत गर्नुपर्ने , राज्यका सबै तहमा आरक्षण दिइनुपर्ने लगायत सात सुत्रीय माग राख्दै समाजले आज एकदिन बन्द आहृवान गरेको हो ।
बुटवल, ११ वैशाख : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा विनाको लोकतान्त्रिक व्यवस्था असफल भएको बताउनुभएको छ । आइतबार भैरहवामा संचारकर्मीसँग कुरा गर्दै नेता थापाले राजसंस्था नहुँदा देश अहिले रेफ्रि विनाको खेल जस्तै भद्रगोल भएको तर्क गर्नुभयो । दलहरुले आफ्ना विचार र अवधारणामा पुनर्विचार गरी राजसंस्था सहितको लोकतान्त्रिक व्यवस्थामा सहमति गर्नुपर्ने जिकिर गर्नुभयो ।
बुटवल, ३० चैत : बुटवलको मिलनचोकमा गुडिरहेको बसमा बम बिष्फोट गराएको अभियोगमा रुपन्देही प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोगडी–३ हर्दी रुपन्देहीका रिङकल/डाक्टर भनिने २६ वर्षीय प्रशान्त पाण्डे, सक्रौनपकडी–२ पडरहवा रुपन्देहीका गुड्डु/पप्पु भनिने १९ वर्षीय राजकुमार चौहान र भारतको महाराजगञ्ज, नौतनवाथाना भुण्डीमोहल्ला–१६, वाइपासका ४० वर्षीय इस्लाम मुसलमान छन्। बिष्फोटमा संलग्न तीनै जना भगतसिंहसँग आबद्ध रहेको रुपन्देही प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताए।