Friday, 24 May 2013 08:56 pm, Nepal

मुस्ताङको जोमसोममा विमान दुर्घटना, २१ जनाको सकुशल उद्धार

मेचीकाली : 2013-05-16 11:15:35

जोमसोम २ जेठ : पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबिओ विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट ८ः२५ मा उडेको विमान अवतरण गर्ने क्रममा ८ः४५ बजे धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो ।


पुरा पढ्नुहोस्

उपल्लो मुस्ताङ घुम्ने पर्यटक बढे

मेचीकाली : 2013-05-11 17:26:09

मुस्ताङ-विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचीकृृत भएपछि उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न जाने विदेशी पर्यटक बढेका छन् । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले सन् २०१३ का लागि उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेको थियो ।  चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङलाई लोन्ली प्लानेटले ‘अर्ध निषेधित अधिराज्य हेर्ने अन्तिम अवसर’ भन्दै सूचीकृत गरेपछि पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । 


पुरा पढ्नुहोस्

वनका कर्मचारी राज्यकोष दुरुपयोग गर्दै मुक्तिनाथको तिर्थाटनमा

मेचीकाली : 2012-12-02 18:27:26

पत्रकारलाई जम्वोटोलीका सदस्यद्धारा अपशब्द प्रयोग

चन्द्रश्वर बस्ताकोटी

मुस्ताङ, १७ मंसिर : बन मन्त्रालय अन्र्तगतका कर्मचारीको राज्यकोष दुरुपयोग गदै मुक्तिनाथको तिर्थ गर्न आएका छन । हिन्दुहरुकोे पबित्र तिर्थस्थल मुक्तिनाथको तिर्थ गर्ने उद्देश्यले पश्चिमाञ्चलका १६ जिल्लाका बनका वरिष्ठ कर्मचारीको जम्वोटोली बन कार्यालयर क्षेत्रिय बन निर्देशनालयका गाडी सहित मुस्ताङ आएका हुन । अधिकास ंबरिष्ठ कर्मचारीले आफ्ना परिवारका सदस्यलाईसँगै लिएर घुम्न आएका हुन ।

पुरा पढ्नुहोस्

विमानस्थलमै विमान पल्टिएपछि

मेचीकाली : 2012-10-05 10:18:13

मुस्ताङ, १९ असोज : जोमसोमबाट पोखराका लागि उड्नै लागेको नेपाल एयरलाईन्सको जहाज जोमसोम विमानस्थलको धावन मार्गमा पल्टिएको छ । धावनमार्गमा रहेको खाल्टोमा परेर एउटा पाग्रा भाँचिएपछि नाईन एन ए बिटी जहाज विमानस्थलमै पल्टिएको हो । जहाज यात्रु बोकेर बिहान सात बजे पोखराका लागि उड्न लागेको थियो ।


पुरा पढ्नुहोस्

दुर्घटनाबाट जोगियो ताराको विमान

मेचीकाली : 2012-08-19 14:50:57

मुस्ताङ, ३ भदौ : मुस्ताङको जोमसोमबाट पोखराकालागि उड्न ठिक्क परेको तारा एयरको टुइनेटर विमान दुर्घटना हुनबाट जोगिएको छ । आज बिहान चालक दलका ३ सहित १८ यात्रु बोकेर उड्न लागेको उक्त विमान धावनमार्गमा चिप्लिन पुगेको थियो । जहाज चिप्लिएपनि कुनै मानवीय क्षति भने नभएको विमानस्थलले जनाएको छ ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु