मुस्ताङ, ४ जेठ : मुस्ताङमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । सडकको ट्रयाक खन्न प्रयोग भएको डोजर माथि पहिरो झर्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुसाङ गाविसको वडा नं. ७ चैलेमा बाटो खन्ने क्रममा आएको पहिरोमा परी २ चालकसहित ४ जनाको मृत्यु भएको हो ।
मुस्ताङ, ९ वैशाख : मुस्ताङको घट्टेखोलामा चौंरीको आलो रगत पिउने मेला आज पनि जारी छ । हिमाली क्षेत्रमा जडिवुटीयुक्त घांस खाएका चौंरीगाईको आलो रगत औषधिको रुपमा विक्री गर्न मेलाको आयोना गरिएको हो । चौंरीको घांटीबाट विशेष प्रकारको चक्कुले प्वाल पारेर निकालीने रगत रोग प्रतिरोधात्मक शक्ति पाईने जनविश्वास छ ।
जोमसोम, १६ असोज : मुस्ताङ हुदै बिभिन्न स्थानमा पुगेका हिमाली क्षेत्रका भेडा च्याग्राको मुल्य आकासिएको छ । प्रति १ भेडाच्याग्राको ११ हजार देखि १५ हजार रुपैया सम्म पुगेको पोखरा हरिचोकका डिल्लीराम सुबेदीले टेलिफोनमा बताउनु भयो । विगतका बर्षको तुलनामा चिनको तिब्वत र मुस्ताङबाट मागभन्दा निकै कम संख्यामा भेडाच्याङग्रा निर्यात भएका छन् ।
म्याग्दी, १५ भदौ : कालीगण्डकी नदीमा २८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यसअघि १६४ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको सो आयोजनाको क्षमता बढाएर २८० मेगावाटको बनाउन लागिएको हो । आयोजना निर्माणको तयारी गरिरहेको हाइड्रो सोलुसन कम्पनीले प्रारम्भिक अध्ययनमा १६४ मेगावाट भनिए पनि विस्तृत अध्ययनका क्रममा २८० मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको जनाएको छ ।
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ६ साउन : गृहमन्त्रालयले
गैरकानुनी कर रोक्न देशब्यापीरुपमा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
दिएको छ । गैरकानुनी रुपमा पटकेकर तथा जिल्लाबाट बाहिरीने निकासी
पैठारीहुने पशुहरुमा लगाइदै आएको कर मुस्ताङमा नलिने निर्णय भएको मुस्ताङका
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे बताए ।