म्याग्दी, १४ जेठ : अधिकाँश सर्वसाधारण यार्सा संकलन गर्न हिमालको फेदीतिर लागेपछि म्याग्दीका उपल्लो क्षेत्रका बस्तीहरु सुनसान बन्दै गएका छन् । मुदी, कुईनेमंगले, मल्कबाङ, चिमखोला, गूजालगायतका गाविसका १५ बर्षदेखि माथिका बालबालिका र युवायुवतीहरु वैशाख महिनाको दोश्रो हप्तादेखि धमाधम हिमालतिर लागेपछि बस्तीहरु सुनसान बन्दै गएका हुन् ।
म्याग्दी, ९ जेठ : आफैले पढाउने विद्यालयकी बालिकालाई भगाउने म्याग्दीका एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत ठानामौला स्थायी घर भएका २० बर्षिय गोविन्द सुवेदीलाई १४ बर्षिया बालिकासंग बालविवाह गरेको अभियोगमा प्रहरीले वुधवार कुश्माको शिवालय चोकबाट नियन्त्रणमा लिएको हो ।
म्याग्दी, २६ वैशाख : म्याग्दीको शिख गाविसमा सञ्चालित सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि लघुजलविद्युत् परियोजना निर्माण सुरु भएको छ । मानववस्तीदेखि टाढा रहेकाले केन्द्रीय विद्युत् प्रसारण लाइनको सम्भावना नभएपछि शिखको खोप्रा, बयलीखर्क र ढाँडखर्कस्थित सामुदायिक लजका लागि ४० किलोवाट क्षमताको घोस्तेखोर लघुजलविद्युत् परियोजना निर्माण गर्न लागिएको हो ।
म्याग्दी, २० वैशाख : म्याग्दीमा निर्माण हुन लागेको एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना अलपत्र परेको छ । विद्युत् विकास विभागसँग विवाद परेपछि कालीगण्डकी गर्जको अनुमतिपत्र साढे दुई वर्षदेखि नवीकरण भएको छैन ।
म्याग्दी, १७ बैशाख : हावाहुरीले विद्यालयको छानो उडाएपछि म्याग्दीको एक विद्यालयमा खुलाचौरमा पठनपाठन हुने गरेको छ । सिंगा १ थामडाँडामा रहेको भृकुटी प्राथमिक विद्यालयमा गत चैत २८ गते दिउँसो हावाहुरीले विद्यालयका ७ वटै कक्षाकोठाको छानो उडाएपछि अहिले विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गर्ने गरिएको विद्यालयले जनाएको छ । विद्यालयको आन्तरिक स्रोत नहुँदा हावाहुरीले उडाएको टिनको छानो पुनर्निर्माण गर्न नसक्दा विद्यार्थीहरुलाई खुला चौरमा राखेर पढाउन बाध्य भएको विद्यालयका शिक्षक दिनेश गुरुङले बताए ।