म्याग्दी, ३० वैशाख : म्याग्दीको अर्मन गाविसको वडा नम्वर ७ नेटामा विगत ४ दिनदेखी फैलीएको अज्ञात रोगको कारण करीब दुई सय भन्दा धेरै सर्वसाधारण विरामी परेका छन् । शरिर काम्ने, घुमाउने, ज्वरो आउने, रिङ्गटा लाग्ने र वेहोस हुने लक्ष्यण देखिने रोगबाट ७ वडाका करीब ५० भन्दा धेरै घरका अधिकाँश नागरिक बिरामी परेको स्थानिय हर्क वहादुर छन्त्यालले जानकारी दिनुभयो ।
म्याग्दी– सञ्चार क्षेत्रको सेवा सुविधा सदरमुकाममा मात्रै सीमित बनिरहेको अवस्थामा म्याग्दीको पर्यटकीय शिख गाविसमा रहेको शिख उच्च माविमा भने आधुनीक सूचना प्रविधिको साथमा पठनपाठन गराउन थालिएको छ । विद्यालयमा विद्यार्थीहरुलाई सूचना प्रविधि कक्षामा कम्प्युटर, ईमेल, ईन्टरनेट, लगायत विविध कम्प्युटरसँग सम्वन्धीत विषयमा पठनपाठन हुन थालेपछि बालबालीकाहरुले गाँउमै आधुनीक प्रविधिको शिक्षा हाँसिल गर्ने अवसर पाएका छन् ।
म्याग्दी, २ वैशाख : गाउँमै वित्तिय सुविधा पाएपछि म्याग्दीको बाबियाचौर क्षेत्रका बासिन्दालाई आर्थिक कारोबार गर्न सजिलो भएको छ । ग्रामिण क्षेत्रलाई लक्षित गरि म्याग्दीको बाबियाचौरमा निलगिरी विकास बैङ्कले एक्सटेन्सन काउन्टर स्थापना गरेपछि स्थानीयबासी उत्साहित भएका हुन् ।
म्याग्दी, ५ चैत : म्याग्दीमा कार्यरत प्रहरी सहायक निरीक्षक यामबहादुर लामिछानेले गएराति पेस्तोलले छातीमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । म्याग्दी सदरमुकाम बेनीबाट १५ किमी पश्चिममा रहेको बाबियाचौर प्रहरी चौकीका प्रमुख लामिछानेले राती ११ बजे छातीमा गोली प्रहार गरेको र उपचारक्रममा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दी, २७ फागुन : म्याग्दीमा आज भएको बस दूर्घटनामा १५ जना घाइते भएका छन् । मुस्ताङको घासाबाट म्याग्दीको बेनी जाँदै गरेको माइक्रोबस बेगखोला गाविसको कालेओढार नजिकै दुर्घटना भएको हो । घाइतेहरुको बेनीमा उपचार भइरहेको छ । बसमा ३० जना भन्दा बढि यात्रु सवार रहेको बताइएको छ । चालक जस बहादुर गर्बुजा फरार रहेको प्रहरीले जनाइएको छ ।