म्याग्दी, १९ असोज : मुक्तिनाथ दर्शन तथा कागवेनीमा पितृलाई श्राद्ध गर्न हिंडेका तीर्थयात्री लिएर मुस्ताङ्गतर्फ हिंडेको जीप बेनी-जोमसोम सडकको बाँदरजुंग भीरबाट तल कालीगण्डकी नदीमा खस्दा चालक समेत १४ यात्रुको मृत्यु भएको छ । दुई घाइते छन् । दुर्घटनापरि सूर्यमति-४ नुवाकोटका सहचालक सविन राई, दाना म्याग्दीका चालक गोपाल खोरजा, पोखरा उप महानगरपालिका-१८ भेरीफारमकी सविना बानिया, सोही ठाउँका चिमबहादुर भुजेल र उनकी श्रीमती सरस्वती भुजेलको मृत्यु भएको छ ।
म्याग्दी, १९ असोज : तीर्थयात्री बोकेर म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसातर्फ जाँदै गरेको ध१ज ४९ नं को जिप मङ्गलबार दिउँसो दाना गाविसको बाँदरजुङ भिरमा दुर्घटना हुँदा नौजना यात्रुको मृत्यु भएको छ । भिरबाट कालीगण्डकी नदीमा जिप खस्दा चारजना पुरुष र पाँचजना महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट स्थानीय शिक्षक गोविन्द बरुवालले जानकारी दिए । जिपमा चालकसहित १४ जना सवार थिए । पाँचजना बेपत्ता भएका छन् ।
म्याग्दी १८ असोज : दशैं नजिकिँदै गर्दा मुस्ताङ जिल्लाबाट मासुका लागि भेँडाच्याङ्ग्रा निर्यात हुनथालेको छ । मुस्ताङबाट म्याग्दी हुँदै कास्की, काठमाडौं, बागलुङ, पर्वत, चितवन, तनहुँ, स्याङ्जालगायतका जिल्लामा भेडाच्याङ्ग्रा निर्यात गर्न सुरु भएको छ । म्याग्दीको बाटो भएर दैनिक हजाराँै भेडाच्याङग्रा निर्यात हुने गरेका छन् । जिल्ला पशुसेवा कार्यालय मुस्ताङ्का अनुसार यस वर्षको दशैं तिहारका लागि आइतबारसम्म ३२ हजार खसी निर्यात भइसकेका छन् ।
म्याग्दी, १४ असोज : धवलागिरि प्रथम शिखर आरोहणमा गएका तीनजना जापानी र एकजना नेपाली हिउँ पहिरोमा परी बेपत्ता भएका छन् । बेपत्ता हुने जापानीमा ४९ वर्षीय ओसामु तानावे, ३६ वर्षीय तोसियो यामामोतो, ३२ वर्षीय दाइसुके होन्डा र नेपालीमा ४७ वर्षीय पासाङ ग्यलुङ सेर्पा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक नवराज भट्टले जानकारी दिए । माउन्टेन एअरको हेलिकप्टरले आरोहणमा गएकामध्ये दुई जापानी र एक नेपालीलाई उद्धार गरेको जनाइएको छ ।
म्याग्दी, १ असोज : मानव
स्वास्थ्यमा हानि पु¥याएको भन्दै पेयपदार्थ स्लाइसको उत्पादक वरुण बेभरेज
विरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले
स्लाइसको शीशीभित्र भेटिएको पदार्थलाई अखाद्य पुष्टि गरेपछि उत्पादक
कम्पनीलाई विपक्षी बनाइ जिल्ला प्रशासन कार्यालयले मुद्दा दायर गरेको हो ।
कम्पनीका स्थानीय डिलर रामसन्देश स्टोरलाई समेत मुद्दामा विपक्षी बनाइएको
छ । कानुनी प्रक्रिया पु¥याइ १५ दिनभित्र मुद्दाको अन्तिम किनारा लगाइने
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।