बागलुङ, ६ जेठ : बाग्लुङमा जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । बाग्लुङ बजारबाट दमेककोलागि छुटेको ध १ च पिक अप जिप आज बाग्लुङ नगरपालिका—४ देउराली चोकमा दुर्घटनाग्रस्त हुँदा चालक सहित सवै यात्रु घाईते भएका हुन् । घाईतेहरुको अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको जनाईएको छ ।
बागलुङ, २८ वैशाख : हावाहुरीसँगै परेको चट्याङले बागलुङ जिल्ला पश्चिम खुँगाकी एक महिलाको मृत्यु भएको छ । गएराति करिब १२ बजेतिर परेको चट्याङ लागेर खुँगा गाविस वडा नं ८ भांगी निवासी २० वर्षीया पार्वती खत्रीको मृत्यु भएको हो ।
बागलुङ, १० वैशाख : बाग्लुङका विद्यालयले पुस्तक किनेवापत पाउने कमिसन विद्यालयकै पाध्यापक र स्रोत व्यक्तिले खाने गरेको पुस्तक व्यवसायिहरुले बताएका छन् । पसलले दिएको १५ देखि ३० प्रतिशत सम्मको कमिसन विद्यालयमा नबुझाई अधिकांशले आफ्नै खल्तीमा भर्ने गरेका हुन् । पुस्तक व्यवसायि नवराज पौडेलका अनुसार विद्यालयले पाउने १५ देखि ३० प्रतिशत सम्मको कमिसन दुरुपयोग भइरहेको छ ।
बागलुङ, ५ वैशाख : आफ्नै श्रीमतीको हत्या गरी झुण्ड्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा मृतकका माइतीले हिजोकिटानी जाहेरी दिएका छन् । बागलुङ रायडाँडा गाविस वडा नं ७ बस्ने श्याम सापकोटाविरुद्ध मृतकका माइतीपक्ष अमलाचौर १ का विष्णुदक्त पन्तले किटानी जाहेरी दर्ता गराउनुभएको हो ।
बागलुङ, १३ चैत : राष्ट्रपति डा.रामवरण यादवले पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा तेस्रो बाग्लुङ महोत्सवको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा राष्ट्रपति यादवले अब दुई महिनाभित्र संविधान बनाउनुको विकल्प नभएको बताउनुभयो । राष्ट्रपति यादवले सर्वोच्च अदालले दिएको आदेशको स्मरण गर्दै सोही अनुसार आफूले दलहरुलाई सुझाव दिने गरेको बताउनुभयो ।