Wednesday, 23 May 2012 06:39 am, Nepal

बाढीले तीन घर बगायो, २६ घर जोखिममा

मेचीकाली : 2011-08-03 09:26:54

बागलुङ, १८ साउन : अविरल वर्षासँगै आएको बाढीले बागलुङ जिल्लाको सुदुरपश्चिममा रहेको अधिकारीचौर गाविसमा तीनवटा घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, अधिकारीचौर–५ बस्ने जितबहादुर विक र उनका भाइ लालबहादुर सिर्पालीको घरमा बाढी पसेर भौतिक क्षति पु¥याएको हो ।बाढीले घर बगाउँदा करिब रु. आठ लाख बराबरको क्षति भएको बताइएको छ ।

पुरा पढ्नुहोस्

पेस्तोल र चार राउन्ड गोली बरामद

मेचीकाली : 2011-08-02 08:52:05

बागलुङ, १७ साउन : जिल्ला प्रहरी कार्यालय, बागलुङले नगरपालिका–१ रामरेखाबाट एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने चार राउन्ड गोली बरामद गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरीले गएराति करिब १० बजे रामरेखा हुँदै उपल्लाचौर जान लागेका दुई व्यक्तिको झोला जाँच गर्ने क्रममा सो पेस्तोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

धौलागिरीका पाँच सहकारी संस्था खारेज

मेचीकाली : 2011-07-31 16:36:48

बागलुङ, १५ साउन  : धौलागिरी अञ्चल डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भएका पाँचवटा सहकारी संस्था खारेज भएका छन् ।    कार्यालयमा दर्ता भएका धौलागिरी अञ्चलका ६३१ वटा सहकारीमध्ये नियमित काम नगरेकाले ती खारेजीमा परेका हुन् । कार्यालयले दिएको जानकारीअनुसार खारेजीमा परेका ती सहकारी संस्थामा पर्वतको खुर्कोट–६ मा रहेको खुर्कुट युवा तथा बचत ऋण सहकारी संस्था रहेका छन् ।

पुरा पढ्नुहोस्

यार्सागुम्बाको आम्दानी स्थानीय विद्यालयलाई

मेचीकाली : 2011-07-18 13:42:34

बागलुङ, २ साउन : यार्सागुम्बा (जीवनबुटी) बिक्री गरेर आएको आम्दानीको केही अंशबाट यहाँको एक विद्यालय सञ्चालन भइरहेको छ । म्याग्दी जिल्लाको दुर्गम गाउँ मुदीको बुद्धिविकास माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकलाई तलबका लागि यस्तो रकम खर्च गरिएको छ । गाउँका युवाले यार्सागुम्बा बिक्री गरेर प्रतिकेजी रु. पाँच हजार विद्यालयलाई सहयोग गर्दै आएको र सो रकमबाट बुद्धिविकास माविका निजी स्रोतका शिक्षकलाई तलब दिने गरिएको स्थानीय युवा युक्त रोकाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

हत्याको ६ महिना पछि कंकाल भेटियो

मेचीकाली : 2011-04-03 08:42:54

बागलुङ, २० चैत : हत्या भएको महिनापछि एक महिलाको कंकाल भेटिएको छ ।  अधिकारीचौर-४ की २६ वर्षीया खिमसरा क्षेत्री गत असोज १९ गतेदेखि घरैबाट बेपत्ता भएकी थिइन ।  अधिकारीचौर ४ कै बतासे डाँडाको जंगलमा भेटिएको कंकाल ती महिलाको रहेको पुष्टी भएको छ ।  कंकालको परिक्षण बाट हत्याको पुष्टी भएको हो । गर्भवती रहेकी ती महिला रहस्यमय तरीकाबाट हराएकी थिइन ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु