पर्वत, २४ फागुन : आफ्ना दुई छोरीलाई जिउँदै नदीमा बगाउने पर्वतको पिपलटारी गाविसका कृष्ण शर्मा तिवारीलाई जन्म कैदको फैसला भएको छ । पर्वत जिल्ला अदालतका न्यायधिश सुदर्शनराज पाण्डेको एकल इजलालसले अभियुक्त तिवारीलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको हो ।अदालतले मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३ (३) अनुसार तिवारीलाई जन्मकैदको फैसला गरेको छ ।
पर्वत (फलेवास), ७ फागुन : यहाँको एक दुर्गम गाउँमा कोइलाखानीको सम्भावना देखिएको छ । दक्षिण पर्वतको त्रिवेणी गाविस–३ मा अत्यधिक मात्रामा कालो माटो र ढुङ्गा निस्किएपछि कोइलाको खानी रहेको हुनसक्ने स्थानीयको अनुमान छ ।
पर्वत, ३ फागुन : उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गमा पर्ने पर्वतको दक्षिणमा पर्ने सेतीबेणीमा बस पुगेको छ ।पर्वतको सदरमुकाम कुस्माबजारबाट सोमबार साँझ पहिलोपटक बस पुगेपछि बसलाई विभिन्न स्थानमा सोमबार र मङ्गलबार दिनभर फूलमाला र अबिरजात्रा गरेर स्वागत गरिएको छ ।
पर्वत, २८ माघ : एक दशकअघि गाउँमा यातायातको सुविधा पु¥याउन लाखौं रुपैयाँ ऋण खोजेर खनेको सडकको ब्याज तिर्न दुर्गम गाउँले बाध्य बनेका छन् । उत्तरी पर्वतको बाँसखर्क गाविसका बासिन्दाले २०५५ सालमा लालपूर्जा र पेन्सनपट्टा राखी ऋण निकालेर सडक निर्माणमा खर्चेका थिए । माझफाँट गाविसस्थित कोटथरदेखि बाँसखर्क गाविस–५ स्थित तल्लो गाउँसम्मको करिब ६ किलोमिटर सडक १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
पर्वत– गाउँमा विकास निर्माणका कुरा हुन् वा अध्ययनका कुरा, झैंझगडा कुरा हुन् वा अतिथि सत्कारका कुरा । सबैका लागि परामर्शदाता बनेकी छिन् सुशीला गुरुङ ।चालिस वसन्त पार गरेकी सुशिला बाँचुन्जेल गाउँकै काँंचुली फेर्नमा लाग्ने हठ गर्छिन् । ‘हाम्रो गाउँ गरिबीले पिल्सिए पनि सौन्दर्यले धनी छ,’ उनी साहस प्रकट गर्दै भन्छिन्, ‘यो सौन्दर्यको विदेशमा गए डलरमा किनेर मज्जा लिनुपर्छ, हाम्रो गाउँंमा आए कलासंस्कृतिको मज्जासँगै त्यसको सौन्दर्य सिंत्तैमा लुट्न पाइन्छ ।’