पर्वत, ४ वैशाख : लोडसेडिङबाट लामो समयदेखि हाम्रो जनजीवन प्रभावित भइरहेको छ तर पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने भोक्सिङ गाउँ विकास समितिका बासिन्दाले भने कहिल्यै पनि लोडसेडिङको अनुभव गरेनन् । यहाँका बासिन्दाले अहिले मात्रै होइन लोडसेडिङ भन्ने थाहै नपाएको बाह्र वर्ष पुगेको छ । गाउँका छेउ भएर बग्ने खोलामा दुई वटा लघु जलविद्युत् र दुई वटा पेल्ट्रिक सेटबाट बिजुली निकालिएपछि गाविसभरका जनताले रातमा अँध्यारोमा बस्नु परेको छैन ।
पर्वत, ४ चैत : म्याग्दीबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख २६८९ नम्बरको यात्रुबहाक बस शुक्रवार मध्यान्ह पर्वतको छमर्के घुम्तिमा दुर्घटना हुंदा एक महिलाको मृत्यु भएको छ । अन्य १५ यात्रु घाईते भएका छन् । जस मध्ये चार यात्रु गम्भिर छन् । अन्दाजी २३ वर्षीया मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । साईड दिने क्रममा बस अनियन्त्रित भई सडक भन्दा एक सय मिटर तल खसेको भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठले बताए ।
पर्वत, २८ फागुन : जापानमा विनाशकारी भुकम्प गएको २४ घण्टा नबित्दै नेपालमा पनि भुकम्प गएको छ । पर्वत सदरमुकाम कुस्मा नजिक केन्द्र बनाई गएरातीदेखि शनिबार विहानसम्म बारम्बार भुकम्पको धक्का महसुस गरिएको छ । गएराती साढे १० बजेदेखि शनिबार विहान साढे ६ बजेसम्म पटक-पटक भुकम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् । भुकम्पको धक्का छिमेकी जिल्ला कास्की र बाग्लुङमा पनि महसुस गरिएको छ ।
पर्वत, २७ फागुन : विगत एक
सातादेखि पर्वतमा खाना पकाउने एलपी ग्यासको अभावका कारण सर्वसाधारण मारमा
परेका छन् । खाना पकाउन नसक्दा सर्वसाधरण भोकभोकै बस्नुपर्ने अवस्था भएको
छ । एकसातादेखि ग्यास आपूर्ति नभएपछि अभाव भएको व्यवसायीले बताएका छन् ।
हरेक दिनजसो बाहीरबाट ग्यास आपूर्ति हुने गरेको भए पनि यसपटक भने फागुन ९
गतेदेखि बाहिरबाट ग्यास आपूर्ति भएकाले अभाव खड्किएको हो ।
पर्वत, १९ फागुन : जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा जग्गाको मूल्य बढेको छ ।सदरमुकाममा जग्गा अभाव भएपछि खरबारीसमेत बिक्री हुन थालेको छ । एक वर्ष अघिसम्म रोपनीको १० लाखमा जग्गाको कारोबार हुने गरे पनि अहिले मूल्य बढेर १५ लाखसम्म पुगेको छ । ‘प्रयोगविहीन बनेको खरबारी बिक्री होला भनेर सपनामा पनि सोचेको थिइनँ,’ दुई रोपनी खरबारीसहितको जग्गा बिक्री गरेका स्थानीय सोमलाल आचार्यले भने, ‘बिना प्रयोगको खरबारी बिक्री गरेरै भए पनि ३० लाख रुपैँया कमाएँ ।’