हुम्ला, २५ वैशाख : विद्यालयको छात्रालाई विवाह गरी फरार भएका हुम्लाका एक शिक्षक प्रहरी नियन्त्रणमा हुनुहुन्छ । हुम्लाको श्रीमष्ठा गाविसको गणेश विद्यालय तल्लो पालीका शिक्षक र्किती बाहादुर शाहीले विद्यालयमा अध्ययनरत १४ बर्षिय छात्रा राजु रावललाई ललाईफकाई विवाह गरी फरार भएका थिए ।
हुम्ला, २३ चैत : वार्ताको लागि जिल्ला प्रहरी कार्यालय पुगेका राजनीतिक दलका नेताहरुमाथि प्रहरी कार्यालयमै भएको आक्रमणविरुद्ध आज पनि हुम्ला वन्द भएको छ । आक्रमणका विरुद्धमा ९ वटा राजनीतिक दलहरु सम्मिलित प्रगतिशिल दलिय मोर्चाले हिजो अपरान्ह १ बजेदेखि हुम्ला वन्द गरेका छन् । वन्दका कारण हवाई सेवासमेत अवरुद्ध भएको छ ।
हुम्ला, २२ चैत : गएको माघ १ गते माघे संक्रान्तिको अवसरमा जिल्लाको खार्पूनाथ दोभानमा भएको स्थानीय मेलामा जिल्लाका दुईजना युवकले मदिरा सेवन गरी भएको भडपको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयभित्रै वार्ताका लागि बोलाइएका जिल्लाका राजनीतिक दलका दुईजना नेतामाथि आक्रमण भएको छ ।
हुम्ला, ६ चैत : रुघाखोकीका कारण हुम्लाको बराई गाविस ५ का ५० वर्षिय नरबहादुर बुढा र वडा नं. ४ का ५० वर्षिय गोरीकला ऐडिको मृत्यु भएको छ भने जिल्लाका विभिन्न स्थानमा थुप्रै बिरामी परेका छन् । केही दिनदेखि खोकी लाग्ने ज्वोरो आउने तथा शरिर दुख्ने जस्ता रोग फैलिएको स्थानीय स्वास्थ्य चौकीका ईन्चार्ज भत्तराज ऐडीले बताउनुभयो ।
हुम्ला, २४ फागुन : नेपाल सरकारले फागुन १७ गते विना कारण मन्त्रिपरिषद्को निर्णयवाट हुम्लामा १० वर्षदेखि काम गर्दै आएको आयोजनालाई कटौति गरि जुम्ला जिल्ला लागु गर्ने निर्णय गरेको थियो ।