सिमिकोट, ४ जेठ : हुम्लाको सिमिकोटमा स्थानियबासीबीचको विवादले उग्ररुप लिएपछि हिजो दिउँसोबाट जारी लगाईएको कर्फ्यु आज बिहानबाट हटाइएको छ । सिमीकोटमा रहेको मानसरोवर उच्चमाविको विद्यालय व्यवस्थापन समितिको छनौटका विषयमा भएको विवादले उग्र रुप लिएकाले कर्फ्यु लगाउनु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हुम्ला, ३ जेठ : हुम्लाको सदरमुकाम सिमिकोटमा कर्फ्यू आदेश जारी गरिएको छ । विद्यालय व्यवस्थापनको चुनावका विषयमा झडप भएपछि स्थितिलाई नियण्त्रणमा लिन भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
जुम्ला, २६ माघ : यस वर्ष पाँचाँै पटकसम्म परेको हिमपातले हिमाली तथा तल्लो भेकका कृषकलाई ठूलो राहत पुग्ने भएको छ । गत वर्ष हिउँदे झरी कम भएका कारण किसानको बालीनालीमा कम उब्जनी भएको थियो ।
हुम्ला, २६ पुस : उच्च हिमाली जिल्ला हुम्लामा लगातार तीन दिनदेखि परेको हिउँले जिल्ला सदरमुकाम सिमीकोटमा ३ फिट हिउँ जमेको छ भने स्थानीय बासिन्दालाई एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्नका लागि समस्या उत्पन्न भएको छ । गएको शनिबारदेखि लगातार परेको हिउँ अहिलेसम्म नरोकिएपछि जिल्लामा एकाएक चिसो बढेको र गाईवस्तु चराउनसमेत समस्या भएको बरगाउँका छिरिङ लामाले बताउनुभयो ।
हुम्ला, १० असार : नेपालगन्जबाट
हुम्लाका लागि उडेको तारा एअरको डोर्नियर विमान आज बिहान हुम्ला
विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। रनवेमा चिप्लिएर दुर्घटना भएपछि
विमानको पखेटा र तल्लो भागमा क्षति पुगेको बताइएको छ। खाद्य संस्थानको
चामल लिएर उडेको सो विमानमा रहेका चालक दलका तीन जनै सदस्य सकुशल छन्।
विमानमा क्याप्टेन डीआर निरौलाको नेतृत्वमा चालक दलका सदस्य थिए।