हुम्ला, २६ कात्तिक : संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिबाट प्रस्तावित १४ वटा प्रदेशसहितको सङ्घीय संरचनाबारे स्थानीय अगुवाको धारणा बुझ्नका लागि प्रस्तावित जडान राज्यको मुख्य केन्द्र सिमिकोटमा तीनदिने सङ्घीय संवाद सुरु भएको छ । कार्यक्रम उद्घाटनमा बोल्दै एकीकृत नेकपा (माओवादी)का राज्य समिति सदस्य तथा सभासद् छिमी लामाले सङ्घीयता र राज्य पुनःसंरचनाको विषय तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच भएको बृहत् शान्ति सम्झौता र १२ बुँदे सम्झौताको परिणाम भएकाले सबै क्षेत्रका उत्पीडित जाति तथा वर्गका समुदायको अग्राधिकारका लागि कर्णालीमा जडान राज्यको प्रस्ताव अघि आएको बताइन् ।
हुम्ला, ५ कात्तिक : हुम्लाको दुर्गम श्रीनगर गाविसका ६४ वर्षीय विर्ख महतरा र ६१ वर्षीया जुसेकलाको मृत्यु भएको छ । उनीहरुले दसैंमा खसी काटेर मासु खाएको र त्यस लगत्तै बिरामी परेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाबाट डाक्टर बैकुण्ठ अधिकारीसमेत चारजनाको एक टोली हिजै आवश्यक औषधि सहित उक्त क्षेत्रमा खटिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अमरदेवले जानकारी दिए ।
हुम्ला, २४ असोज : सुर्खेतबाट उडेको मकालु एअरको कार्गो विमान आइतबार बिहान हुम्लाको सिमिकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । सामान लिएर हिडेको उक्त विमान ल्याण्ड गर्ने समयमा ब्रेक फेल भएर दुर्घटनामा भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । विमानमा चालक दलका दुई जना सदस्य मात्र थिए । सिमिकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीका अनुसार विहान ७ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने बेलामा विमानको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
खाद्यसंकट अझै बढ्नेहुम्ला, ३ असोज : गाविसको सिफारिसको विवादका कारण खाद्यान्न सङ्कट परेको हुम्लाको दक्षिणभेगको श्रीनगर गाविसको कोटाको चामल ढुवानी रोकिएको छ । प्रत्येक गाविसका लागि ३६ क्विन्टल चामल उपलब्ध गराउने भन्ने खाद्य संस्थानको पछिल्लो नीतिअनुसार ढुवानी हुनलागेको श्रीनगर गाविसको उक्त चामल माओवादी र एमालेका जिल्ला तथा गाउँस्तरका नेता कार्यकर्ताबीच सुर्खेतदेखि ढुवानी गर्ने विषयमा विवाद हुँदा गत सातादेखि ढुवानी हुन रोकिएको खाद्य संस्थान हुम्ला शाखाका प्रमुख हरिप्रसाद जोशीले बताए ।
विकासका काम समेत अवरुद्ध
हुम्ला, १२ साउन
विकट हिमाली जिल्ला
हुम्लाको एकमात्र राष्ट्रिय वाणिज्य बैंकमा गएको असार २० गतेदेखि रकम
नहुँदा जिल्लामा साचालन भएका तथा निर्माणाधीन विकासे योजना समेत अलपत्र
पेरका छन् । लगातार एक महिनासम्म मौसम परिवर्तनका कारण नेपालगन्ज र
सुर्खेत लगायतका स्थानबाट हवाइजहाज तथा हेलिकप्टरजस्ता हवाइ यातायात
अवरुद्ध हुँदा नेपाल राष्ट्र बैकमार्फत आउने बैक चार्टर नआउँदा जिल्लामा
पैसाको अभाव भएको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यलयका प्रबन्धक
रतनबहादुर थापाले जानकारी दिए ।