मुगु, १ पुस : प्रधानमन्त्री बाबुराम भट्टराईले जति लचिलो भएर पनि आउने वैशाखमा संविधानसभाको चुनाव गर्नैपर्ने बाध्यता रहेको बताउनुभएको छ । पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान दिनुको विकल्प अब नरहेको पनि पनि प्रधानमन्त्रीले बताउनुभएको छ ।
मुगु, २० मंसिर : मंसिर ३० गते मुगुको सदरमुकाममा मोटर पुग्ने भएको छ । लामो समय देखि मोटर बाटोको पर्खाईमा रहेका मुगुबासीका लागि मोटर प¥याउन नेपाली सेनाले काम गरिरहेको छ । नेपाली सेना कार्यदल गुल्मका प्रमुख सेनानी संञ्जय केसीले नाग्मा गमगढी सडक खण्डको कुल ९४ किलो मिटरमध्ये केही स्थानमा मर्मत गर्ने काम सकिएपछि सडक पुग्ने बताउनुभयो ।
मुगु, २१ कात्तिक : मुगुको रारामा रहेको नेपाली सेनाको झण्डै ५ करोड बराबरको रासन ठेक्कामा यो पटक मिलेमतो गरि ६७ लाख रकम बाँडिएको पाइएको छ । २ सय ३५ जना रहेको नेपाली सेनाको समरजित गुल्मका लागि हिजो खोलिएको ठेक्काका लागि विभिन्न ९ वटा सप्लायर्सहरुले टेण्डर दर्ता गराए पनि नेपाली सेना, ठेकेदारहरुको आपसी मिलेमतोमा हिमाली जडिबुटी एण्ड खाद्यन्न सप्लायर्सले ६७ लाख रकम बाँडेपछि ठेक्का उसैलाई दिईएको जनाइएको छ ।
मुगु, १ असोज : मुगुको पुर्वी क्षेत्र करान भेगको पुलु गाविस वडा नम्वर २ रिउस गाउँमा आफ्नै घरको मरेको झोबाको मासु खादा एक महिलाको मृत्यु भएको छ भने १२ जना अन्य सर्वसाधारण बिरामी परेका छन् । पुलु गाविस वडा नम्वर २ निवासी २९ वर्षीया टोमा लामाको झोबाको मासु खादा उपचार नपाई मृत्यु भएको हो ।
मुगु, २८ भदौ : नेपाल खाद्य संस्थानको खाद्यन्न ढुवानी गरिरहेको सिम्रिक यएरको हेलिकप्टरले हिजो उडान नगर्दा जिल्ला अस्पताल मुगुमा उपचार हुन नसकि रिफर गरिएका एक युवाको मृत्यु भएको छ । पिना गाविस वडा नम्बर ४ झयारी गाउँका २१ वर्षिय लोकेन्द्रबहादुर रावललाई मृगौलासम्बन्धी रोगको उपचार जिल्लाबाट हुन नसक्ने भन्दै जिल्ला अस्पताल मुगुले हिजो रावललाई रिफर गरेको थियो ।