Wednesday, 23 May 2012 06:43 am, Nepal

विद्युत उपकरण विग्रिएपछि मुगु अन्धकार

मेचीकाली : 2012-05-20 13:29:57

मुगु, ७ जेठ : विहिवार साँझबाट मुगुको गमगाढ साना जल विद्युत आयोजनाको विद्युत गृहमा रहेको विद्युत उपकरणमा खराबि आएको छ । उपकरणमा खरावी भएकाले सदरमुकाम अँध्यारो भएको छ ।  लामो अवधीसम्म आयोजनाका विद्युतिय उपकरण खुला आकाश मुनि रहेका र खिया लागेकाले विद्युत  उत्पादनमा अवरोध आएको गमगाढ जल विद्युत आयोजना कार्यालय मुगुले जनाएको छ । 


पुरा पढ्नुहोस्

मुगुका स्वास्थ्य संस्थामा औषधी अभाव

मेचीकाली : 2012-04-08 14:33:05

मुगु, २६ चैत : जिल्ला स्वास्थ्य कार्यालय मातहतका मुगु जिल्लाभरिका स्वास्थ्य संस्थामा लामो समयदेखि औषधीको अभाव हुँदा सर्वसाधरण स्वास्थ्य सेवाबाट बञ्चित भएका छन । डेढ वर्षको अबधीमा जिल्ला स्वास्थ्य कार्यालय मुगुमा ६ जना जन स्वास्थ्य अधिकृत फेरिदा औषधी खरिद तथा आपुर्ति प्रक्रिया र अन्य कार्य सम्पादन प्रक्रियामा समेत अवरोध हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।

पुरा पढ्नुहोस्

डाक्टर नहुँदा पोस्टमार्टम कार्य बन्द

मेचीकाली : 2011-12-13 14:42:16

मुगु, २७ मंसिर : मुगु जिल्ला अस्पतालमा चिकित्सक नहुँदा लामो समयदेखि पोस्टमार्टम कार्य ठप्प भएको छ । नाउले खोला माथिबाट आएको काठको मुडा लागेर मृत्यु भएका श्रीकोट गाविसका माग्ले लोहारको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, मुगुमा  पु¥याएको तीनदिन बितिसक्दा पनि पोस्टमार्टम हुनसकेको छैन ।

पुरा पढ्नुहोस्

शिक्षक दरबन्दीमा समेत भागबण्डा

मेचीकाली : 2011-11-14 15:57:17

मुगु, २८ कात्तिक : जिल्लाका सरकारी विद्यालयका लागि दरबन्दी नभए पनि जिल्ला शिक्षा कार्यालयका केही कर्मचारी र शिक्षक सङ्घ, सङ्गठनको गोप्य मिलेमतोमा दरबन्दी सिर्जना गरी भागबण्डा गरिएको छ । जिल्लामा प्राथमिक विद्यालयका लागि ३३१ दरबन्दी भए पनि जिल्ला शिक्षा समितिमा प्रतिनिधित्व गर्ने शिक्षक सङ्घ, शिक्षक सङ्गठन र क्रान्तिकारी तथा शिक्षा कार्यालयका लेखा एवम् शाखा अधिकृतहरुको मिलेमतोमा शिक्षा समितिको निर्णयबिना नै भागबण्डा गरी आफन्तहरुलाई भर्ना गराई तलबसमेत दिइसकेको खुलासा भएको छ ।

पुरा पढ्नुहोस्

अव्यवहारिक नियमले राजस्व असुली शून्य

मेचीकाली : 2011-08-14 17:21:03

मुगु, २९ साउन : बहुमूल्य जडीबुटीको भण्डारका रुपमा परिचित मुगु जिल्लमा यो वर्ष यार्सागुम्बा सङ्कलनबाट अधिकांश बासिन्दा धेरथोर लाभान्वित भएका छन् ।विशेषगरी यस जिल्लाको पूर्वी भागमा पर्ने पाँच गाविस मोग्री, पुलु, किम्री, दोला र मुगु गाविसका बासिन्दा बढी लाभान्वित भएका छन् ।  ‘दुई बाबु छोराले करिब एक महिना यार्सागुम्बा सङ्कलन गरी स्थानीय व्यापारीलाई बिक्री गर्दा रु छ लाखजति कमाइ भएको माग्री गाविस–९ महगाउँ निवासी सिनोन तामाङले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु