dashain
Thursday, 18 October 2018 09:59 pm, Nepal

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

मेचीकाली : 2018-08-04 17:10:23

डोल्पा १९ साउन : केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

मेचीकाली : 2018-04-16 08:09:59

डोल्पा, ३ वैशाख : हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो ।

पुरा पढ्नुहोस्

डोल्पा पदयात्रामा तीन भारतीय पूर्वराजदूत

मेचीकाली : 2018-04-13 16:35:02

डोल्पा, ३० चैत : नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आएका छन् । नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा आएका छन् । यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन लोभ्याएपछि आफूहरु डोल्पाको सौन्दर्यतासँग रमाउन १५ दिने यात्रामा आएका पूर्वराजदूतहरुले बताएका छन् । प्रचुर प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न लालायित भएको पूर्वराजदूत रायले बताए ।

पुरा पढ्नुहोस्

एकसाता देखिको दुनै बन्द खुल्योे

मेचीकाली : 2018-03-07 11:13:27

डोल्पा, २३ फागुन : डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्दपछि बुधबार बिहानैदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामवासीले एक सातादेखि आन्दोलन जारी राखेका थिए । बन्दका कारण शैक्षिक संस्था, बैंकिङ कारोबार, दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा सरकारी तथा गैह्रसरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्यनजर राख्दै बुधबारदेखि बन्द खुलाइएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।

पुरा पढ्नुहोस्

आगलागीमा गम्भीर घाइते महिलाको मृत्यु

मेचीकाली : 2018-02-26 12:28:08

डोल्पा, १४ फागुन : गत फागुन १२ गते आगलागीमा परेर गम्भीर घाइते भएका तीन महिलामध्ये एकको मृत्यु भएको छ । मुत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका–६ फुल्चिङका ६० वर्षीया मनरुपा चलाउने रहेकी छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मनरुपाको आइतबार बेलुकी निधन भएको घाइते प्रतिमा रोकायका बुबा कमल रोकायले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु