dashain
Thursday, 18 October 2018 09:25 pm, Nepal

जुम्लामा मिडवाइफरी पढाइ हुने

मेचीकाली : 2018-06-20 07:50:00

सुर्खेत, ६ असार : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम सञ्चालन हुने पक्का भएको छ ।आगामी आव २०७५÷०७६ को पहिलो महिनामा यो कार्यक्रम सञ्चालन हुने निश्चित भएको छ । मिडवाइफरी कार्यक्रम सञ्चालनका लागि नेपाल नर्सिङ काउन्सिलले प्रतिष्ठान, जुम्लालाई सोमबार स्वीकृतिको परिपत्र गरेको नर्सिङ डिन सरस्वती गौतमले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

छोरा जन्माउन छवटी श्रीमती

मेचीकाली : 2018-04-12 13:18:47

–कविता उपाध्याय

रोल्पा, २९ चैत : “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि...

मेचीकाली : 2018-04-11 16:50:56

–शुरबहादुर सिंह

जुम्ला, २८ चैत : जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ ।बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ ।

पुरा पढ्नुहोस्

मौरी व्यवसायबाट राम्रो आम्दानी

मेचीकाली : 2018-03-28 08:42:08

जुम्ला, १४ चैत :  जुम्लाका रामकृष्ण बुढ्थापाले मौरी पालन व्यवसायबाट राम्रो आम्दानी गरिरहनु भएको छ । २० देखि मौरी पाल्दै आउनु भएका उहाँले राम्रो कमाईरहनु भएको छ । बुढ्थापाले अरु युवा युवतिलाई पनि विदेश जानुको सट्टा मौरी पालन व्यवसायमा लाग्न आग्रह गर्नुभयो ।

पुरा पढ्नुहोस्

खडेरिका कारण जुम्लामा २५ हेक्टर क्षेत्रफल वनमा डढेलो फैलियो

मेचीकाली : 2018-01-23 13:22:30

जुम्ला, ९ माघ : खडेरिका कारण जुम्लामा वनमा डढेलो लाग्ने क्रम बढेको छ । जिल्लाका विभिन्न सामुदायीक वनहरुमा गरि झन्डै २५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ । यसअघि पुस÷माघको समयमा वनजंगलहरु हिउँले भरिने भएकाले आगलागी हुँदैन थियो । यो वर्ष हिउँ नपर्दा डढेलो फैलिएको बताइएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु