जुम्ला, १९ माघ : डिजेल प्लान्ट चलाएर भए पनि लोडसेडिङ घटाउने सरकारी योजना अहिलेसम्म हावागफमै सीमित छ । बिहान खाए बेलुका के खाऊँ भन्ने समस्यामा रहेका जुम्लाका बासिन्दा भने डिजेल प्लान्टबाट उत्पादित महँगो बिजुुली बालिरहेका छन् ।
जुम्ला, १९ पुस : जुम्लामा यसवर्ष मात्र ११० वटा नर्सरीमा ११ लाख स्याउका विरुवा उत्पादन गरिएको छ । दुई हजार ५०० हेक्टर जमिनमा उत्पादन गरिएको ११ लाख विरुवामध्ये ७५ हजार स्याउका विरुवा लिन जिल्ला कृषि विकास कार्यालयको टोली जुम्लामा आइसकेको वरिष्ठ कृषि अधिकृत वेदप्रसाद चौलागाईंले जानकारी दिनुभएको छ ।
जुम्ला, १५ कात्तिक : व्यापार व्यवसायका साथै जाडोयाम छल्नका लागि हिमाली जिल्लाबाट सुर्खेत, नेपालगन्ज झर्नेहरुको सङ्ख्या बढ्न थालेको छ । यतिबेला कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोटका जनता यहाँको शिशिरे जाडो छल्न र व्यापार व्यवसाय गरी पारिवारिक गुजारा चलाउन तराईका जिल्लामा झर्न थालेका हुन् । यसरी तराई झर्नेहरुमा जहाजबाट भन्दा बसबाट यात्रा गर्नेहरु बढी भेटिन्छन् ।
जुम्ला, १९ असोज : अश्लील भिडियोका क्लिपहरु सङ्कलन गरिएका अवैध सिडी बजारमा छ्याप्छ्याप्ती बिक्री वितरण हुन थालेका छन् । सदरमुकामका केही सिडी तथा क्यासेट पसलमा यस्ता अश्लील नेपाली सिडीको किनबेच हुने गरेको छ । विदेशी अश्लील भिडियो केही मात्रामा बिक्री हुँदै आएकामा पछिल्लो समयमा निस्किएका केही नेपाली भिडियोहरू सङ्कलन गरी पसलहरुमा नै सिडी कपी गरेर बिक्री गर्ने गरिएको हो ।
जुम्ला, ५ असोज : आमाबाबु अधिकारका कुरा गर्न सधैँजसो गोष्ठी र सेमिनारमा जान्छन् तर तिनका छोराछोरीलाई भने विद्यालय छाडेर गाईबाख्रा चराउन गोठालो जानुपर्दछ । जिल्लाको सिंजा क्षेत्रका बालबालिका आमाबाबु गोष्ठीमा नगएमात्र विद्यालय जान पाउँछन् । जिल्ला सदरमुकामदेखि १९ कोष टाढा पर्ने सिंजा क्षेत्रमा एक दर्जन बढी गैरसरकारी संस्था क्रियाशील छन् । त्यसैले गाउँका अधिकांश घरपरिवारका सदस्य कुनै न कुनै संस्था वा समूहमा आबद्ध छन् ।