जुम्ला, ३१ साउन
घरेलु हिंसाका विरुद्ध जुम्लाका महिलाहरू सङ्गठित हुन थालेका छन् । महिला
उत्थान केन्द्र, जुम्लाले जिल्लाका विभिन्न गाउँ विकास समितिमा महिला
समूहहरू गठन गरी घरेलु हिंसाका विरुद्ध आवाज उठाउने उद्देश्यले सङ्गठित
गर्ने गरेको हो । समूहमा आवद्ध भएपछि महिलाको आयआर्जन बढाउने प्रयास पनि
थालिएको छ ।
जुम्ला, २८ साउन
सरकारले
कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्घन तथा विस्तारका लागि दिएको रु एक करोड
८५ लाखमध्ये रु ८१ लाख खर्च हुन नसकी फिर्ता भएको छ । कर्णाली क्षेत्र
प्रवद्र्घन विकास समितिका निर्देशक दीपेन्द्र पौडेलले राष्ट्रिय योजना
आयोगबाट वैशाखको २२ गतेमात्र बजेट निकासा भएकाले काम गर्ने समय कम भएका
कारण रकम असार मसान्तमै फिर्ता गर्नुपरेको बताए ।
जुम्ला, २७ साउन
डोल्पामा २ जना यार्सा व्यापारीको हत्या भएको छ। मुगु घर
भई डोल्पा सदरमुकाम दुनै-१ मा व्यापार गरी बस्ने ३० वर्षीय सोनाम झ्याप्पा
लामा र डोल्पाकै भिजेर गाविस-८ का धो गाविसमा व्यापार गरी बस्ने २९ वर्षीय
सोनाम गुरुङको हत्या भएको हो। साउन १९ गतेदेखि पारिवारिक सम्पर्कमा नरहेका उनीहरुको शव २२ गते
डोल्पाको साल्दाङ गाविस-८ उसुङमा स्थानीयले भेट्टाएका थिए। घटनास्थल
सदरमुकामदेखि धेरै टाढा भएको र टेलिफोन सम्पर्क नभएका कारण घटना ढिलो गरी
सार्वजनिक भएको हो।
जुम्ला/ विद्युत उत्पादन एक सय ६० बाट एक सय ३० किलोवाटमा
झर्यो। उपभोक्ताहरु पाँच सयबाट तीन हजार पुगे। तापनि जुम्ला लोडसेडिङमुक्त
जिल्ला बनेको छ। एक सय ६० किलोवाट क्षमताको
चन्दननाथ साना जलविद्युत आयोजना पाँच सय घरधुरीलाई लक्षित गरी सञ्चालनमा
ल्याइएको थियो। आयोजना सञ्चालनको २५ वर्षपछि उपभोक्ता संख्या तीन हजार
पुगेको छ। बिजुली उत्पादन एक सय ३० किलोवाटमा झरेको छ। तैपनि उपभोक्ता
जुम्लालाई लोडसेडिङमुक्त जिल्ला बनाउन सफल भएका छन्।