रुकुम, १२ वैशाख : रुकुम खाराका स्थानिय बासिन्दाहरु जनश्रमदानबाट बिद्यालय भवन निमार्णमा जुटेका छन । गत साल देखि संचालित नमुना प्रताबित निम्न माध्यामिक बिद्यालयको कक्षा ६ र ७ को अभाब भएका भएर खुल्ला चौरमा पठाउन थालिएको थियो ।
रुकुम, ४ वैशाख : जिल्लाको एक दर्जन भन्दा वढी गाविसका खोलाको किनारमा वसोवास गदै आएका घरवारी विहीन वादी परिवारलाई घरजग्गा दिईने भएको छ । जिल्लाका राजनैतिक दलको सहमतीमा जिल्ला प्रसासन कार्यालय र जिल्ला विकास समिति रुकुमको पहलमा लोपउन्मुख तथा सिमान्तकृत वादी समुदायलाई घरजग्गा दिन लागीएको हो ।
रुकुम, १७ चैत : जिल्लाका सन्चालित सहकारीहरुमा ४ करोड २६ लाख २० हजार ५५ सय ५५ रुपँया लगानी भएको छ । जिल्लामा दर्ता भएका १ सय ६२ ओटा सहकारी सस्थाहरुमा से लगानी भएको जिल्ला सहकारी संघ रुकुमले जनाएको छ ।
रुकुम, १५ चैत : जिल्लाका ग्रामीन क्षेत्रमा सडक निर्माण पछि यायातका साधन सन्चालनमा आएपछि सुलभमा दैनिक उपभोग्य सामान पाईन थालेको छ । जिल्लाको ४३ गाविस मध्ये २५ गाविसमा ग्रामीन तथा कृषी सडक निर्माण भई यातायातका साधन सन्चालन भएपछि गाँउमा दैनिक उपभोग्य सामान सस्तो तथा सुलभ भएको हो ।
रुकुम, ११ चैत : एसएलसी परीक्षामा सहभागी एक परीक्षार्थीको उपचारका क्रममा मृत्यु भएको छ। अनिवार्य गणित विषयको परीक्षा भइरहेको बेला परीक्षाबाट निष्कासन भएकी पुन त्यसलगत्तै अचेत भएकी थिइन्। झुल्खेतको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी चुनवाङ-७ रोकाडाँडाकी १७ वर्षीया अर्दना पुनको मृत्यु भएको हो।